ढलवाट खाने तेल !

२०७० मंसिर १८ गते, मंगलवार


काठमाडौ।ढल भन्ने बित्तिकै हामी नाक खुम्चाउछौ तर, तर अव त्येही ढललाई प्रसोधन गरेर तयार पारेका छन् । जुन तेल हाम्रो घरको भान्छामा पनि प्रयोग हुन सक्छ । पछिल्लो पटक चीनमा स्थानीय रेस्टुरेन्टहरु र व्यापारीहरुले ढलबाट खाने तेल प्रशोधन गरेर प्रयोग गरिरहेका छन् । यसरी बनाइएको तेल स–साना व्यापारीहरु र रेस्टुरेन्टहरुका लागि अन्य वनस्पती तेलभन्दा सस्तो हुने भएकोले यसको प्रयोग बढ्दै गएको छ ।ढलबाट तेल बनाउँदा ढलमा रहेको कुडा, प्लास्टिक बोतलहरु हटाएर खाने तेल र जनवारहरुको अंग र बोसो भएको लेदोलाई प्रशोधन गरिन्छ । यसरी बनाइएको तेल अस्वास्थकर मात्र नभएर मानिसका लागि निकै खतरनाक सावित हुन सक्ने स्वास्थ्य अधिकारीहरु बताउछन ।
चिनियाँ अधिकारीहरुलाई यसबारे ज्ञान भएपनि उनीहरुले यसलाई नियन्त्रण गर्न सकेका छैनन् । यसप्रकारको कालोबजारीलाई रोक्न चिन सरकारले सकेको छैन । यसै कारण पनि पछिलो पटक यसरी ढललाई खाने तेल बनाउने व्यवसायको संख्यामा बृद्धि भइरहेकोले अहिले चिनियाँ अधिकारीहरुका लागि टाउको दुखाइको विषय बनेको छ ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु