हिमालयन बैंकलाइ सचेत पत्र थमाइयो

२०७० मंसिर १७ गते, सोमबार

काठमाडौं १७ मंसिर । प्रभावकारी रुपमा जिम्मेवारी निर्वाह नगरेको भन्दै हिमालयन बैंकको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंकले सचेत गराएको छ । आवश्यक काममा ध्यान नदिएको र व्यवस्थापनले गर्नुपर्ने काममा सञ्चालक समितिले हस्तक्षेप गर्न खोजेको भन्दौ राष्ट्र बैंकले सचेत गराएको हो । बैंक सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठका नाममा राष्ट्र बैंकले सचेत पत्र काटेको हो ।नीतिगत व्यवस्था र व्यवस्थापनले गरेको बैंकिङ व्यवसाय सम्बन्धी कामको नियमित रिपोर्टिङ लिएर अनुगमन गर्ने जिम्मेवारी सञ्चालक समितिले पूरा नगरेको भन्दै राष्ट्र बैंकले सचेत गराएको हो । बैंक सञ्चालक समितिका अध्यक्षले व्यवस्थापनको काममा हस्तक्षेप गरेको आरोप यस अघि पनि लागेको हो । राष्ट्र बैंकका अधिकारीले यस अघि नै अध्यक्ष श्रेष्ठलाई मौखिक रुपमा सचेत गराइसकेका थिए ।
गत वर्ष भिसा कार्ड दुरुपयोगबाट बैंकलाई करोडौ रुपैयाँ नोक्सान भएको थियो । कार्ड दुरुपयोग गर्ने बैंककै कर्मचारी हालसम्म पक्राउ गर्न सकेको छैन । सञ्चालक समितिले तदारुकताका साथ काम नगर्दा दोषी उम्किएको र बैंकलाई ठूलो रकम नोक्सान भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले अध्यक्ष श्रेष्ठ व्यवस्थापकीय कार्यमा बढी संलग्न भएको र यसले संस्थागत सुशासनमा वाधा पुग्ने पनि सचेत पत्रमा उल्लेख गरेको छ । राष्ट्र बैंकका अनुसार बैंकको भवन निर्माण गर्दा अध्यक्षलाई रिर्पोटिङ गर्ने व्यवस्था सहितको निर्माण समिति गठन गरेको, कन्सल्ट्यान्टको काममा अध्यक्षको प्रत्यक्ष संम्लग्नता देखिएको पनि राष्ट्र बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार