लायन्सको अन्तर्राट्रय सम्मेलन मंसिर २० देखि

२०७० मंसिर १७ गते, सोमबार

काठमाडौँ । लायन्स क्लब इन्टरनेसनल मल्टिपल डिस्टि्रक ३२५ को आयोजनामा काठमाडौंमा मंसिर २० देखि २३ सम्म क्षेत्रीय मञ्चको अन्तर्राट्रय सम्मेलन हुने भएको छ । लायन्सको क्षेत्रमा भारत, दक्षिण एसिया, अप्रिmका तथा मध्यपूवका देशहरू संलग्न इसाम आरिया फोरम नाम दिएको सो सम्मेलनमा उक्त क्षेत्र अर्न्तर्गत पर्ने ६३ मुलुकसहित अन्य आमन्त्रित समेत गरी १०० भन्दा बढी देशका प्रतिनिधिले भाग लिने छन् । सो सम्मेलनमा करिब एक हजार ७०० विदेशी लायन सदस्य तथा ८०० नेपाली लायनको सहभागिता रहने ४१ औं इसाम फोरम आयोजक समितिका सभापति सन्जय खेतानले जानकारी दिएका छन् । देशका ६५ जिल्लामा लायनका १४ हजार सदस्य तथा दर्ुइ हजार लियो सदस्य रहेका छन् । यस सम्मेलन नेपालमा पहिलोपटक हुन लागेको बताउँदै सभापति खेतानले यसबाट पर्यटन प ्रबर्द्धनमा पनि महत्वपूण् योगदान पुग्ने बताए । सो अवसरमा देशका तीन हजार विद्यार्थीलाई सौर्यवत्ती वितरण गरिने योजना रहेको छ ।
लायन्सका विभिन्न सामाजिक क्रियाकलापसहित व्यक्तित्व विकासका विषयमा पनि बेग्लाबेग्लै प्रस्तुतिहरू हुनेछ । विश्वका २०९ मुलुकमा लायनसँग आबद्ध १४ लाख सदस्य छन् । यो संस्थाले आँखा अस्पताल, व्यवस्थापन, तालिम तथा शिक्षा क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ ।

प्रतिक्रियाहरु