चुनावको कुरा हास्यापदः शेखर

२०७० आश्विन १५ गते, मंगलवार

काठमाडौं, १५ असोज – नेपाली काग्रेसका नेता डाक्टर शेखर कोईरालाले ३३ दलिय मोर्चालाई सहभागि नगराई चुनावको कुरा गर्नु हास्यापद भएको बताएका छन । मध्ये नेपालकै सर्वोत्कृष्ट रेडियो कालीका एफ एम ९५.२ को दैनिक बिहानी प्रस्तुती कार्यक्रम समय सन्र्दभमा कुराकानी गर्दे डाक्टर कोईरालाले शिर्ष नेताहरुले बाटो विराउदै गएको बताउदै चुनाव सार्देमा आकाश नखस्ने बताए । असन्तुष्ट मोर्चाले चैत्रमा चुनाव सार्नुपर्ने बताएको छ के त्यो सम्भव छ भन्ने प्रश्नमा उनले त्यस्ले कुनै फरक नपार्ने बताउदै चुनाव हुने ग्यारेन्टी सहित चुनवाको मिति सार्नुपर्नेमा जोड दिए ।३३ दलिय मोर्चा बिना चुनाव सम्भव नभएको र चुनाव भएपनि त्यसपछि संविधान बन्न नसक्ने कोईरालाको ठोकुवा छ । अल्टीमेटम सहितको वार्ता होईन कि सौहार्दपुर्ण वातावरण्मा वार्तामा बसेर समस्याको समाधान गर्नुपर्ने र अझै पनि सहमतिको सम्भावना रहेको उनको भनाई छ ।
वर्तमान चुनावी मन्त्रीपरिषद अध्यक्ष रेग्मीले प्रधानन्याधिस बाट राजिनामा नदिने बताउदै हास्यापद अभिव्यक्ति दिएको उनको दाबी छ । रेग्मीले प्रधानन्याधिसबाट राजिनमा दिएर अन्तिरिम संविधान अनुसार सरकारको नेतृत्व लिनुपर्ने भन्दै प्रधान्याधिस पद नछाड्ने जस्तो हास्यापद अभिव्यक्ति नदिन सुझाव दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु