बो शिलाईलाई आजीवन कारावासको सजाय

२०७० आश्विन ६ गते, आईतवार

काठमाडौं,६ असोज । चीनको जिनान शहरस्थित एक अदालतले पूर्व राजनीतिज्ञ एवं कम्युनिष्ट पार्टीको पोलिटब्यूरो सदस्य बो शिलाईलार्ई आजीवन कारावासको सजाय सुनाएको छ । देशको ध्यान तान्ने गरी चलेको मुद्दामा अदालतले बोलाई घुसखोरी भ्रष्टाचार र सत्ताको दुरुपयोगमा दोषी ठहर गरेको हो । तर, उनले यो सजायका विरुद्ध पुनरावेदन गर्न पाउने छन् ।अदालतले बोको उपस्थितिमा मुद्दाको फैसला सुनाएको थियो । लगतै यो खबर समाजिक सञ्जालमा फैलिएको गियो । बो शिलाई चोंगकिंग शहरमा कम्युनिष्ट पार्टीको सचिव रहँदा चर्चामा आएका हुन् । उनको सामाजिक नीतिलाई स्थानीय जनताले समर्थन गरेका थिए । तर, २ वर्षपहिले उनकी पत्नी गू काईलाई एक बेलायती व्यापारी नील हेवुडको हत्यामा दोषी ठहर भएपछि बो को राजनीतिक जीवनमा ग्रहण लागेको थियो ।
बो की पत्नीलाई हत्या आरोपमा मृत्युदण्डको सजाय सुनाइसकेको छ । २०१२ को फेब्रुअरीमा सार्वजनिक भएको हत्याकाण्डमा गू मुछिएपछि बोलाई पार्टीले निस्काशन गरेको थियो । बोले आफूमाथि लागेको सार्वजनिक सम्पत्तिको प्रयोगमा लापर्वाही भएको स्वीकार गरेका छन् । तर, भ्रष्टाचारको आरोप भने उनले अस्वीकार गरेका छन् । उनले अदालतमा पत्नी गूले पैसा लिएको तर, यसबारे आफूलाई जानकारी नभएको बताएका थिए ।
बोका पूर्व सहायक एवं प्रान्तीय पुलिस प्रमुख वांग लिजुन गत वर्षको फेब्रुअरीमा अमेरिकी बाणिज्य दूताबासमा गएर केही घण्टा लुकेर बसेका थिए । त्यसपछि उद्योगी नील हेवुडको हत्याको नयाँ शिराबाट छानविन सुरु भएको थियो ।

प्रतिक्रियाहरु