अनेरास्ववियुको निर्वाचन सुरु

२०७० आश्विन ६ गते, आईतवार

काठमाण्डौ ,६ असोज । अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निवार्चन प्रक्रिया सुरु भएको छ । प्यान बनाउने विषयमा विवाद भएपछि हिजो चुनावी प्रक्रिया सुरुहुन सकेको थिएन ।अध्यक्ष पदका लागि निवर्तमान उपाध्यक्ष लक्ष्मण लम्साल र महासचिव विशोरविक्रम मल्लबीच प्रतिस्पर्धा हुने भएको छ । महासचिवमा लम्साल समूहबाट नविना लामा र मल्ल प्यानलबाट रचना खड्काले उम्मेदवारी दिने तयारी भएको छ ।लामा यसअघिको समितिमा उपाध्यक्ष भएपनि पार्टी नेताको निर्देशनमा महासचिवमा उठ्न लागेको जनाइएको छ ।

प्रतिक्रियाहरु