आज पनि सर्वदलीय बैठक

२०७० भाद्र ३१ गते, सोमबार

काठमाडौं,३१ भदौ – चुनावको मिति र सरकारका विषयमा छलफल गर्न आज पुन सर्वदलीय बैठक बस्ने भएको छ ।नेकपा–माओवादी नेतृत्वको मोर्चाले चुनावको मिति भन्दा पहिले सरकारका विषयमा सहमति हुनुपर्ने अडान राखेको छ भने मोर्चा बाहेकका दलले नेकपा–माओवादी मंसिरको चुनावमा प्रतिबद्ध नभएको भन्दै पहिले चुनाव प्रति प्रतिबद्ध हुनुपर्ने अडान राखेका छन् ।सोमबार दिउँसो हुने छलफलमा सरकार र चुनावको मितिका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । दल दर्ता, उम्मेद्वार मनोनयन लगायत चुनावी कार्यक्रमका लागि तीन महिनाको समय चाहिने मोर्चाको माग छ ।तर उच्चस्तरीय राजनीतिक समितिमा आबद्ध दल चुनावको मिति सार्ने बाहेकका विषयमा सहमति गर्न तयार रहेपनि मोर्चाले सरकार र निर्वाचनको मिति परिवर्तनको कुरा अगाडी ल्याएको छ ।यसैबीच नेपाल कम्युनिष्ट पार्टीले विज्ञप्ती निकालेर समिति र ३३ दलीय मोर्चाको नेतृत्व गरिरहेको नेकपा–माओवादीलाई सहमतिमा पुग्न आग्रह गरेको छ ।

प्रतिक्रियाहरु