आज मध्य पहाड र पूर्वी तराई बन्द

२०७० भाद्र ३० गते, आईतवार

काठमाण्डौं, ३० भदौ। नेकपा-माओवादीसहितको ३३ दलीय मोर्चाले गरेको मध्य पहाड र पूर्वी तराई बन्दका कारण उक्त क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
आसन्न संविधानसभा निर्वाचनको मिति सार्न तथा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा बन्द गरिएको ३३ दलीय मोर्चाले जनाएको छ । ३३ दलको मोर्चाले भोजपुरा, मिथिला र ताम्सालिङ क्षेत्र बन्द आब्हान गरेका हुन् ।बन्दका कारण सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, धादिङ, चितवन र मकवानपुर जिल्ल्ााको जनजिवन प्रभावित भएको छ । बन्दका कारण त्यस क्षेत्रमा सवारीका साधन चल्न सकेका छैनन् । शैक्षिक संस्था, उद्योग कलकारखाना पनि ठप्प छन् । यस अघि नेकपा माओवादीले उपत्यका सहित मध्य र सुदुरपश्चिम बन्द गरिसकेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु