भारतिय च्यानल २४ घण्टाका लागि बन्द

२०७० भाद्र २८ गते, शुक्रबार

काठमाडौं, २८ भदौं ।गौतम बुद्ध भारतमा जन्मिएको भन्ने भ्रामक सिरियल प्रशारण गर्ने तयारी गरेपछि भारतको जीटीभी माथी नेपाली दर्शक खनिए । यसपश्चात यो सिरियलका निर्माताले माफी माग्दै प्रोमो नै सच्चाए ।भारतले नेपाल माथि गरेको नांगो हस्तक्षेप भन्दै नेकपा- माओवादीले भाद्र २८ गते बिहान ८ बजेबाट भाद्र २९ गते बिहान८ बजेसम्म सम्पूर्ण भारतिय च्यानल नेपालमा बन्द गर्ने भएको छ । अखिल नेपाल क्रान्तिकारी चलचित्रकर्मी संघका अध्यक्ष सविनकुमार तोलाङ्गी र महासचिव दिनेश लिङ्देनले जारी गरेको विज्ञप्तीमा राष्ट्रिय स्वाधिनताका लागि आन्दोलन थालिएको बताइएको छ ।
यस्तै विज्ञप्तीमा बुद्धबारे भ्रामक सिरियल प्रशारणको तयारी गरेको जीटीभीलाई अनिश्चितकालका लागि बन्द गर्ने समेत जनाइएको छ । केही महिना अघि केही दिनका लागि हिन्दी सिनेमा प्रदर्शनमा रोक लगाएको बैद्य माओवादीले अहिले यो निर्णय गरेको हो ।

प्रतिक्रियाहरु