बन्द ५ बजेपछि खुल्ने

२०७० भाद्र २७ गते, बिहीबार

काठमाडौ,२७ भदौ – नेकपा–माओवादीसहितको ३३ दलिय मोर्चाले काठमाडौ उपत्यका र पूर्वका ९ जिल्लामा बिहीबार आह्वान गरिएको बन्द बेलुकी ५ बजेपछि खुल्ने भएको छ ।अहिले साझ ५ बजेपछि बन्द खुल्ने नेकपा–माओवादीले बताएको छ । सर्वदलीय गोलमेच सभा मार्फत राष्ट्रिय सहमति कायम गर्नुपर्ने माग गर्दै नेकपा–माओवादी सहितका ३३ दलले बिहीबार काठमाडौ उपत्यका र पूर्वका ९ जिल्लामा बन्द आह्वान गरेका हुन् । बन्दका कारण बिहानैदेखि गाडी चलेका छैनन् ।बजार, शिक्षणसंस्था र कलकारखाना पनि बन्द छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु