मूल्यबृद्धि फिर्ता लेउ : माओवादी

२०७० भाद्र २६ गते, बुधबार

काठमाण्डौ २६ भदौ, । नेकपा-माओवादीले पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्य बृद्धिप्रति विरोध जनाएको छ । पार्टीले बुधवार विज्ञप्ति जारी गरी मूल्य बृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । नेपाली जनताले आकाशिंदो महङ्गी खेपिरहेका समयमा जनताप्रति अनुत्तरदायी भई चाडवाडको मुखैमै पेट्रोलियम पदार्थको मूल्य बढाएर जनतामाथि अर्को आघात थपेको विज्ञप्तिमा उल्लेख छ ।विज्ञप्तिमा भनिएको छ,’सम्पूर्ण जनतालाई भ्रष्टाचार र कमिशनका बलमा गरिएको मुल्यबृद्धिको विरुद्ध संघर्षमा उत्रन आहृवान गर्दछौँ ।’ यस्तै नेकपा-माओवादीका एक दर्जन जनवर्गिय संगठनहरुले पनि मूल्यबृद्धि फिर्ता लिन माग गरेका छन् । उनीहरुले संविधान सभाको निर्वाचन बहिष्कार र मुल्यबृद्धिको विरुद्धमा भदौ २७ गते आहृवान गरिएको उपत्यका बन्दमा सहभागी हुन आहृवान गरेका छन् ।
विज्ञप्ति हेर्नुस् :
Joint Press release 2070-05-26

प्रतिक्रियाहरु