पूर्वका नौ जिल्ला बन्द

२०७० भाद्र २४ गते, सोमबार

झापा,२४ भदौ । संघिय गणतान्त्रिक समाजवादी पाटी लिम्बुवान राज्य समितीले पूर्वका नौ जिल्लामा आज हड्तालको आहृवान गरेको छ । हड्तालको प्रभाव पूर्वका झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, सङखुवासभा जिल्लामा विहानैवाट परेको छ ।हड्तालका कारण लामो तथा छोटो दूरीका सवारीका साधन संचालन आउन सकेका छैनन् भने वजार पसल,कलकारखाना शिक्षण संस्था ठप्प छन् । संविधान सभा २ को निर्वाचन अगावै लिम्बुवान राज्य सुनिश्चतताको घोषणा गरिनुपर्नेर्, सर्व जातिय गोलमेच सम्मेलन गरेर मात्रै दोस्रो सविधान सभाको मिती तोकिनुपर्ने, जातिय संख्याको आधारमा निर्वाचन पद्दति लागु गर्नुपर्ने लगायतका माग राख्दै समितीले वन्दको आहृवान गरेको जनाएको छ ।समितीका कार्यकर्ताले सदरमुकाम फिदिमका विभिन्न स्थानमा विहानैवाट टायर वाली प्रर्दशन गरेका छन् ।

प्रतिक्रियाहरु