बारले कालो पट्टी बाँधेर काम गर्दै

२०७० भाद्र २३ गते, आईतवार

काठमाडौं, २३ भदौ । नेपाल बार एशोसिएसनले अहिले ११ बजेदेखि १२ बजेसम्म हातमा कालो पट्टी बाँधेर काम गर्दैछ । अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीविरुद्ध परेको १७ वटा रिट सर्वोच्चले खारेज गरिएको विरोधमा बारले आज प्रतिकारात्मक रुपमा बिहान ११ बजेदेखि १२ बजेसम्म हातमा कालो पट्टी बाँधेर काम गर्न लागेको हो ।सर्वोच्चले गतबिहीबार रेग्मीबिरुद्ध परेको १७ वटा रिट खारेज गरिदिएको प्रति बारले चर्को असन्तुष्टि ब्यक्त गरेको छ । बारले रिट खारेज स्वच्छ सुनुवाइको मान्यता बिपरीत भएको ठहर गरेको छ । साथै उसले न्यायधिशको कार्यक्षमता माथि पनि प्रश्न उठाएको छ ।

प्रतिक्रियाहरु