उच्चस्तरीय राजनीतिक समितिवाट उपेन्द्रको मोर्चा अलग्गीयो

२०७० भाद्र २१ गते, शुक्रबार

काठमाडौ , २१ भदौ : अशोक राई नेतृत्वको मोर्चालाई सहमतिमा ल्याउन उच्चस्तरीय राजनीतिक दलले पाँच बुँदे सहमति गरेपछि यस अघि उच्चस्तरीय राजनीतिक समितिमा सहभागी भएको उपेन्द्र यादव नेतृत्वको मोर्चा बाहिरिएको छ । यस अघि संबिधान सदस्य संख्या बढाएपछि निर्वाचनमा जान सहमत भएको मधेशी मोर्चाले अशोक राई नेतृत्वको मोर्चा संग सदस्य संख्या ६ सय १ बनाउने सहमति भए पछि पुन बखेडा निकालेको हो । उपेन्द्र यादव नेतृत्वको मोर्चाले दलहरुबिच भएको सहमतिका ४ सय ९१ सिटलाई बढाएर पाँच सय ८५ बनाएपछि सहमतिमा आएको थियो ।उपेन्द्र यादव नेतृत्वको मोर्चाले ६ सय १ सदस्यीय संबिधानसभा बनाउने बिषयमा आफ्नो सहमति नभएको भन्दै उक्त सहमति खारेज नभएसम्म उच्चस्तरीय राजनीतिक समितिको बैठकमा सहभागी नहुने जनाएको छ । यस अघि उच्चस्तरीय राजनीतिक समितिसंग सहमति भएपछि उपेन्द्र यादव समितिमा आवद्ध भएका थिए ।

प्रतिक्रियाहरु