जनताको अधिकार र राष्ट्रको हितसँग नजोडिएको चुनावको कुनै औचित्य छैन – नेत्रविक्रम चन्द ‘विप्लव’ सचिव, नेकपा-माओवादी

२०७० भाद्र ८ गते, शनिबार


० चार दल अन्तत गोलमेच सम्मेलनको लागि सहमत भएका छन्, गोलमेचबाट कस्तो सन्देश आउला ?
गोलमेचको यो क्रान्तिकारी प्रस्ताव सचेत नागरिकहरू, शान्ति र परिवर्तनवाहक शक्तिको दबाबको कारणले एउटा संर्घष्ाकै रूपबाट सफल भएको हो । गोलमेचमा हामी संविधानको विषय उठाउँछौं । संविधान कस्तो बनाउने भन्ने विषय सुनिश्चित हुने गरी छलफल बहसबाट निकास निस्कनुपर्छ भन्ने हाम्रो चाहना छ ।
० गोलमेचबाट निकास निस्कन्छ भन्नेमा कतिको आशावादी हुनुहुन्छ ?
विधिको हिसाबले एक कदम अगाडि बढियो यो खुशीको कुरा हो । राष्ट्रको आवश्यकता जनताको अपेक्षालाई ध्यान दिने हो भने गोलमेचलाई सफल बनाउनर्ुपर्छ । तर संसद्वादी दलहरूको चर्तिकला हर्ेदा विश्वस्त हुने ठाउँ छैन ।
० गोलमेच पनि संसद्वादीहरूले एउटा ग्राण्ड डिजाइनमा स्वीकारेका हुन त्यसमा पनि तपार्इंहरूलाई अल्पमत पारेर उनीहरू आफ्नो योजना लाद्ने तयारीमा छन् भनिन्छ नि, तपाईंहरूको धारणा के छ ?
यहाँ अहिले बहुमत र अल्पमतको कुरै होइन, जनताका एजेण्डाको कुरा हो । अहिले जनताको एजेण्डा कसरी पूरा गर्ने भन्ने मुख्य विषय हो । संख्या जुटाएर जनताका एजेण्डाहरू खोस्न पाइँदैन, जनताका प्रस्तावहरूलाई हटाउन पाइँदैन, त्यस विषयमा हामी संर्घष गर्र्छौं । जनताको पक्षमा लड्छौँ ।
० गोलमेच सम्मेलन गरेर पनि मंसिर ४ मै चुनाव गर्ने भनिएको छ, सम्भव छ ?
यो उनीहरूको कुरा हो । गोलमेचमा गएपछि यी सबै विषयमा छलफल हुन्छ । संविधानको अन्तरवस्तुको बारेमा, राष्ट्रिय स्वाधिनताको बारेमा अन्य सबै विषयमा गोलमेच सम्मेलनमै छलफल हुन्छ ।
० गोलमेचमा सहमति भयो भने मंसिर ४ मा चुनाव सम्भव छ ?
होइन, होइन, अहिले हामीले त्यस विषयमा सोचेकै छैनौं । पहिले गोलमेच मै छलफल हुनु पर्यो । जनताका एजेण्डाहरूका बारेमा पहिले छलफल गर्नुपर्यो त्यसपछि बाँकी कुरा हुन्छ ।
० माओवादी पार्टीभित्र पनि अर्न्तसंर्घष् छ, एक तप्का चुनावमा जान तम्तयार भएर बसेको छ, तपाईं र केही नेताहरूमात्र त्यसको बाधक हुनुहुन्छ भनेर प्रचारमा आएको छ, वास्तविकता के हो ?
होइन, होइन यो संसदवादीहरूले, दलालहरूले, दक्षिणपन्थीहरूले गरेको कुप्रचारमात्र हो । त्यसको पछाडि कुनै सत्यता छैन । भर्खर हाम्रो पार्टी पोखरा बैठकले एकमतले क्रान्तिकारी दस्तावेज पास गरेको छ, त्यसैको आधारमा पार्टी अगाडि बढ्छ ।
० तपाईं पार्टी अर्न्तसंर्घष् छैन भन्नुहुन्छ । तर तपाईंकै पार्टीभित्र भएका गोपनीयताहरू भंग भएका छन्, विभिन्न पत्रपत्रिकामा छताछुल्ल भएका छन् के भन्नुहन्छ ?
यस्तो भइरहन्छ । पार्टीभित्र पनि एकदुइ जना व्यक्ति विभिषण त निस्किहाल्छन नी, भित्रका कुराहरू लिक गरिदिने, दुश्मनलाई बेचेर खाने । आफ्नो फाइदाको लागि दुरूपयोग गर्ने यस्ता आइरहन्छन यसमा कुनै चिन्ता गर्नुपर्दैन ।
० यसो हो भने त राष्ट्रभन्दा पहिले एक पटक पार्टी विषयमा सोच्नुपर्ने भयो नि होइन र ?
हो, हामीले यस विषयमा सोचि राखेकै छौं । हामीले क्रान्तिकारी पार्टी वनाएका छौं । हाम्रो कार्यकर्ता र जनतालाई प्रशिक्षित गरेका छौं । एउटा महान उद्देश्यसहित नेपाली क्रान्तिमा हामी अगाडि बढिरहेका छौं । हाम्रो पार्टीीान्ति गर्न लायक पार्टो, हाम्रा नेता र कार्यकर्ताले सोच्नुपर्ने विषय र लिनुपर्ने बाटो पनि यही हो । हो, हाम्रो पार्टीभित्र पनि केही खराब मान्छेहरू होलान समय आएपछि ती आपै नाङ्गेझार भएर बाहिरिन्छन् ।
० तपाईंहरूले राष्ट्रियता र स्वाधिनता लगायतका विषयहरू उठाउनु भएको छ, के गोलमेच सम्मेलनबाट यी कुराहरू सुनिश्चित हुन्छ ?
मैले सुरु मै पनि भनिसके त्यो हुनुपर्छ । गोलमेच सम्मेलनलाई यदि समाधानको साधन बनाउने हो भने यी कार्यहरू गर्नैपर्छ । कि सहमति गर्ने हो, नत्र संर्घष्ामा जाने हो, त्यो बाहेक विकल्प छैन । त्यसैले गोलमेचमा यी विषयहरू यो सुनिश्चित गर्नैपर्छ ।
० त्यसो हो भने तपाईंहरू अहिले आन्दोलन रोक्नु हुन्न ?
हो, आन्दोलन रोक्ने कुरै आउँदैन । अहिले हाम्रो जागरण आन्दोलन चलिरहेको छ, चुनाव वहिष्कार आन्दोलन चलिरहेको छ । यो जारी रहन्छ ।
० तपाईं पार्टी युवा परिचालन व्यूरोको इन्चार्ज पनि हुनुहुन्छ, युवाहरूलाई सशस्त्र तालिम दिन थालिएको छ भनेर प्रचारमा आएको छ, वास्तविकता के हो ?
होइन, यो झूटो हो र हल्ला मात्र हो । हो, देशैंभरि हाम्रा युवाहरूले अगाडि बढाएको आन्दोलन, जागरण अभियानलगायतका अरू प्रशिक्षणहरू भइरहेका छन् । तर सशस्त्र कही कतै भएको छैन, त्यो हल्ला मात्र हो । हामीसँग पहिलेदेखिकै धेरै नै मिहिनेत गरेका, तालिम गरेका साथीहरू हुनुहुन्छ, अहिले २-४ जनालाई उफार्ने भन्ने कुरा सत्य होइन । तर यो कुरा सत्य हो कि जनतासँग एउटा भरपर्दो रक्षक शक्ति, प्रतिरोधी शक्ति चाहिन्छ भन्ने त प्रष्ट नै छ नी ?
० त्यसो भए राष्ट्रिय स्वाधीनताको निम्ति पुनः जनता माझ जान तपाईंहरू तम्त्यार भएर बस्नु भएको छ ?
हो, हामी जनतामाझ गइरहेका नै छौं । त्यसको विकल्प पनि छैन । नेपालको राष्ट्रिय स्वाधिनता, नेपाली जनताको स्वाभिमान र जनताको जनवादी अधिकार सुनश्चित गर्ने यो अत्यावश्यक कुरा हो ।

० कतै तपाईंहरू गोलमेच सम्मेलन भन्दै चुनाव हुन नदिएर आफ्नै एजेण्डा लागू गर्न तम्सनु भएको त होइन ?
त्यसो होइन, चुनाव एउटा कार्यनीतिको कुरा हो । सिद्धान्ततः चुनावलाई उपयोग गर्नपनि सकिन्छ, वहिष्कार गर्न पनि सकिन्छ । पहिलेको जुन वास्तविक संविधानसभा थियो, सक्कली संविधानसभा थियो त्यसलाई हामीले स्वीकार्यौ पनि, उपयोग पनि गर्यौं । तर त्यसलाई जर्वजस्ती सिध्याउने काम गरियो । जनताका एजेण्डाहरूलाई अस्वीकार गर्ने काम भयो । त्यसैले अब जनताको एजेण्डा पूरा गर्न नयाँ सहमति नभएर चुनावमा भाग लिनुको औचित्य छैन भनेर वहिष्कार पनि गर्दर्र्छौ ।
० तपाईंहरू राष्ट्र, राष्ट्रियता र जनसंविधानप्रति साँच्चिकै प्रतिबद्ध हुनुहुन्छ भन्ने आधारहरू के-के छन् त ?
यो कुरा जनताले बुझिसकेका छन् । किनकि आजको नेपाली जनतामा राजनीतिक चेतना त्यति कम छैन कि माओवादीले धेरै तर्क गरेर बुझाइ रहनुपर्ने । माओवादीले राष्ट्रिय स्वाधिनताको पक्षमा, असमान सन्धी सम्झौताको खारेजीको पक्षमा र देश र जनताका विकल्पमा भए गरेका सम्झौताको विषयमा जुन संर्घष् गर्दै आएको छ । त्यसको बारेमा सबै नेपाली जनता जानकार छन् । नेपाली जनतामा राष्ट्र र जनताको प्रतिनिधित्व गर्ने शक्ति माओवादी मात्र हो भनेर जगजाहेर छ ।
० अब ठोस रूपमा बताइदिनुहोस् कि वर्तमान संकटको निकासको लागि तपाईंहरू के चाहनुहुन्छ ?
प्रष्ट रूपमा भन्नुपर्दा नयाँ बन्ने संविधानको खाका र त्यसका मूल वस्तुमा चार वर्षम्म सहमति हुनसकेन त्यसमा एउटा सहमति बनाउनै पर्छ । त्यसपछि बाटो खुल्छ । जनताका एजेण्डाहरूलाई काचै राख्ने, बाहिरै राख्ने अनि चुनावको मात्रै कुरा गर्ने – यो केही मुठ्ठभिर नेताहरूको आफ्नो स्वार्थ सिद्ध गर्ने दाउपेच मात्र हो । त्यसैले यस्तो चुनावको कुनै औचित्य छैन । जनताको अधिकार र राष्ट्रको हितसँग नजोडिएको चुनावको कुनै औचित्य छैन ।
० अन्त्यमा आम जनसमुदायलाई के भन्न चाहनुहुन्छ ?
अहिले हामी खुशी भएका छौं किनकि जनतालाई हामीलाई बुझेका छन् । नेपालमा जनता र राष्ट्रको एजेण्डा बोक्ने, देश र जनताको बारेमा चिन्ता गर्ने माओवादी हो भनेर जनताले बुझेका छन् । जनताले हामीलाई साथ दिएका छन् । भविष्यमा पनि साथ दिनेछन् । हामी राष्ट्र र जनताको हितमा काम गर्र्छौं हाम्रो अर्को कुनै स्वार्थ पनि छैन ।

प्रतिक्रियाहरु