कोरिया भाषा फारम आवेदन खुला

२०७० भाद्र ५ गते, बुधबार

काठमाडौ , ५ भदौ – रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत दक्षिण कोरीया जाने इच्छुक युवाका लागि आज भदौ ५ गते देखि ४ दिनसम्म आवेदन फारम खुला भएको छ । श्रम तथा रोजगार मन्त्रालयले काठमाडौं उपत्यकाभित्र तीन क्षेत्रमा र उपत्यका बाहिर धरान तथा बुटवलमा फारम वितरण र दर्ता केन्द्र तोकेको छ। मानवअधिकार बलियो र सेवा सुविधा तथा पारिश्रमिक हिसाबले आकर्षक श्रम गन्तव्य मुलुक दक्षिण कोरियामा ठूलो संख्यामा आवेदन पर्नसक्ने भएकाले मन्त्रालयले प्रत्येका आवेदव वितरण गर्ने केन्द्रमा १ सय जना कर्मचरी खटाएको बताएको छ।यो वर्ष करिब ७० हजार आवेदन पर्ने मन्त्रालयले अनुमान गरको छ।सन् २०११ मा करिब ५७ हजार युवाले आवेदन दिएका थिए। चौथो भाषा परीक्षा आगामी असोज २० र २१ मा हुनेछ। कोरियाले यस वर्ष नेपालका लागि ८ हजार २ सय कोटा छुट्टाएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु