निर्वाचन आयोगले दिएको समयसीमा सकिँदै

२०७० भाद्र ४ गते, मंगलवार

काठमाडौं, ४ भदौ– निर्वाचन आयोगले मंसिर ४ मा हुने संविधानसभा चुनावका लागि राजनीतिक सहमति जुटाउन दलहरुलाई दिएको समयसीमा आज सकिँदैछ ।दलहरुबीच सहमति भएपछि अरु कार्यतालिकाका लागि कम्तीमा एकसय २० दिनको समय चाहिने भएकाले आयोगले आजसम्ममा सहमति जुटाउन यसअघि नै दलहरुको ध्यानाकर्षण गराएको थियो ।तर यसबीचमा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमसँग मात्रै मुख्य दलहरुले सहमति गरेका छन् । नेकपा–माओवादी नेतृत्वको मोर्चासँग पटकपटक वार्ता भएपनि सहमति हुन सकेको छैन । सहमतिको लागि प्रयास भैरहेको र आज फेरि उच्चस्तरीय राजनीतिक समितिको बैठक बस्ने नेताहरुले बताएका छन् ।

प्रतिक्रियाहरु