पूर्वका ४० जिल्लामा आमहड्ताल

२०७० भाद्र ३ गते, सोमबार

काठमाडौ, ३ भदौ । संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाले अरुण पूर्वका नौ जिल्लामा आम हड्ताल आह्वान गरेको छ । मोर्चाले राखेको १६ बुँदे माग पुरा गराउन सरकारसँग आग्रह गर्दै दवावका लागि आमहड्ताल आह्वान गरेको हो ।आमहड्तालका कारण ४० जिल्लाका जनजीवन प्रभावित हुन पुगेको छ । हड्ताका कारण विभिन्न जिल्लाका यातायात, बजार, शिक्षण संस्था तथा उद्योग, कारखाना ठप्प भएका छन् ।मोर्चाले अरुण पूर्वका नौ जिल्लालाई लिम्वुवान राज्य तथा खुब्मुवान, थरुहट, कोतमधेसलाई छुट्टै राज्य बनाउनुपर्ने माग राख्दै आएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु