आज विश्व आदिवासी दिवस

२०७० श्रावण २५ गते, शुक्रबार

काठमाण्डौ,२५ साउन । आज १९ औँ विश्व आदिवासी दिवस देशभर मनाइदै छ । हरेक वर्ष अगष्ट ९ तारिखमा मनाइदै आएको आदिवासी दिवसका अवसरमा यसवर्ष नेपाल आदिवासी जनजाति महासंघले विभिन्न कार्यक्रम गर्ने भएको छ ।दिवसका अवसरमा महासंघको नेतृत्वमा शुक्रवार राजधानीको टुडिखेलमा भव्य कार्यक्रम आयोजना गरिएको छ । महासंघले ‘आदिवासी जनजातिको अभियान, पूर्ण सुभानुपातिक, समावेशी प्रतिनिधित्व र पहिचान सहितको संघीयताका लागि नयाँ संविधानसभाको निर्वाचन’ भन्ने नाराका साथ राजधानीमा झाँकी प्रदर्शन गर्ने भएको छ । रत्नपार्कवाट सुरु हुने झाँकी र्‍याली पुरानो वसपार्क, भद्रकाली , सहिदगेट हुँदै टुंडिखेलमा आएर सभामा परिणत हुने जनजाति महासंघले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु