गुण्डा छुटाउन चितवन बन्द

२०७० श्रावण २४ गते, बिहीबार

चितवन, २४ साउन । गुण्डागर्दीको अभियोगमा पक्राउ परेका कार्यकर्ताको विनासर्त रिहाईको माग गर्दै तरुण दलले आज चितवन बन्द गराएको छ । बन्दका कारण चितवनको विद्यालय, कलकारखाना, यातायात, बजार ठप्प हुँदा जनजीवन प्रभावित भएको छ ।गुणगर्दी र कुटपीटमा पक्राउ परेका तरुण दलका कार्यकर्ता प्रमिस राई र यमबहादुर कार्कीलाई तुरन्त रिहाई गर्नुपर्ने भन्दै बन्द गराइएको हो । उनीहरुलाई भारतीय गाडीका नेपाली चालकलाई भरतपुरमा कुटपीट गरेको अभियोगमा दुई दिनअघि पक्राउ गरी मुद्धा चलाइएको छ ।बन्द गराउन हिँडेका तरुण दलका १० नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले बिहानै पक्राउ गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु