कोइराला भारत जादै

२०७० श्रावण २० गते, आईतवार

काठमाडौँ । नेपाली काँग्रेसका सभापति सुशील कोइराला आज भारत भ्रमणमा जाने सो पार्टी जनाएको छ । भारत सरकारको निमन्त्रणामा उच्चस्तरिय राजनीतिक भेटघाटका लागि कोइराला आज अपरान्ह पौन चार बजे एयर इण्डियाको बिमानबाट नयाँ दिल्ली जाने काँग्रेसले जनाएको छ । काँग्रेस मुख्यसचिव चिनकाजी श्रेष्ठले शुक्रवार एक विज्ञप्ति जारी गरी कोइराला आज भारत जान लागेको जानकारी दिएका हुन् । कोइरालासँगै महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला पनि भारत जाने विज्ञप्तिमा उल्लेख छ । पछिल्लो समय भारतले विभिन्न ठूला राजनीतिक दलका नेताहरूलाई पालैपालो बोलाएर नेपालको राजनीतिक अवस्थाबारे जानकारी लिँदै आएको छ । काँग्रेसबाट शेरबहादर देउवा, एमालेबाट बरिष्ठ नेता शेरबहादुर देउवा, एमाओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल भारत भ्रमणमा गइसकेका छन् । भारतले एमाले अध्यक्ष झलनाथ खनाललाई पनि बोलाउने संकेत दिइसकेको छ । नेपालमा संविधानसभाको निर्वाचन अन्यौलमा परेका बेला भारतले पालैपालो बरिष्ठ नेताहरूलाई बोलाउनुलाई नेपाली राजनीतिक बृत्तमा अर्थपूण् रूपमा हेरिएको छ । तर, भारतले भने सबै दलहरूसँग सम्बन्ध बिस्तार तथा दुइ देशबीचको सम्बन्ध अझ बिस्तार गर्न नेपालका नेताहरूलाई बोलाइएका बताउँदै आएको छ ।

प्रतिक्रियाहरु