कोइराला र किरण भेटवार्ता सम्पन्न

२०७० श्रावण १९ गते, शनिबार

काठमाण्डौ ,१९ साउन । नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरण बीच भेटवार्ता भएको छ । कोइराला निवास महाराजगन्जमा शनिवार विहान भएको भेटवार्तामा कोइरालाले अध्यक्ष किरणलाई निर्वाचनमा सहभागी हुन आग्रह गरेका थिए । जवाफमा किरणले मङ्सिर ४ गतेको निर्वाचनलाई स्थगित गरी नयाँ राजनीतिक सहमतिबाट अगाडि बढ्नुपर्ने वताएका थिए ।नेकपा-माओवादी निर्वाचन विरोधी नभएको बताउँदै दलीय सरकार गठन गरी सबै दलबीच नयाँ सहमतिबाट चुनाव गर्नुपर्ने धारणा अध्यक्षकिरणले राखेको बताइएको छ । उनले आफ्नो पार्टी नयाँ प्रक्रियाका लागि वार्ताद्वारा सहमति गर्न सधैँ तयार रहेको बताउएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु