अस्थायी, करार कर्मचारीहरु द्धारा अर्थ मन्त्रालय घेराउ

२०७० श्रावण १८ गते, शुक्रबार

काठमाडौ, १८ साउन । स्थायी निजामती कर्मचारी सरह सेवा सुविधा पाउनु पर्ने माग राख्दै आन्दोलन उत्रेका अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले अर्थमन्त्रालय घेराउ गरेका गरेका हुन ।स्थानीय विकास मन्त्रालय घेराउ लगायत विभिन्न चरणका आन्दोलन गर्दै आएका कर्मचारीले अर्थमन्त्रालय घेराउ गरेका हुन ।घेराउ कार्यक्रम एक घन्टासम्म चल्ने राजकुमार बस्नेतले जनाकारी दिए । आन्दोलनको नेतृत्व अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी श्रमिक संघले गरिरहेको छ ।त्यस्तै, संघले साउन २१ गते अस्थायी, करार तथा ज्यालादारी कर्मचारीलाई देशभरका सरकारी कार्यालयमा कामकाज ठप्प पार्न आह्वान गरेको छ । संघले सरकारी सवारी साधन सञ्चालनमा समेत रोक लगाउने बताएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार