चार दल नै वार्ता चाहदैनन् : विप्लव

२०७० श्रावण १६ गते, बुधबार

नेपालगञ्ज , १६ साउन,। क्रान्तिकारी पत्रकार महासंघ बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले चारदलले नेकपा-माओवादी वार्ता र सहमतिमा नआओस भन्ने मनसाय राखेको बताएका छन् ।‘चार दलले नै माओवादी वार्तामा आओस् भन्ने चाहेको छैन । मओवादीले बार्ताटोली घोषणा गर्दासमेत चारदलले वास्ता गरेन’ विप्लवले भने -’अर्कोतिर वार्तामा बोलाउँदा पनि भन्दा निशर्त भनियो तर, पत्रमा शर्त राखियो । हामीलाई बर्ताको लागि आव्हान गरेर पठाईएको तीनवटै पत्रमा शर्त राखिएको छ ।’जवरजस्ती चुनाव लादिए कडा विद्रोह हुने चेतावनी दिँदै विप्लवले भने -’यो संविधान बनाउने उद्देश्यले हुन लागेको चुनाव होइन भन्ने ठहर हाम्रो पार्टीले यथावत राख्दै आन्दोलन र जनयुद्धका उपलव्धीलाई निमट्यान्न पार्नको लागि चुनाब घोषणा गरिएको हो । त्यसैले हामीले चुनावमा भाग नलिने भएका हौं ।’ संविधानसभा मात्रै संविधान बनाउने निविकल्प बाटो नभएको भन्दै उहाँले दजनौं पटक जनादेश दिएका जनतालाई अविश्वास गर्दै फेरि निर्वाचन गराउन खोज्नु जनताको अपमान गरेको बताए ।माओवादी सचिव विप्लवले एमाओवादी अध्यक्ष प्रचण्डले जनतालाई ढाँट्दै हिड्न थालेको दाबि गरे । ‘प्रचण्ड जनतालाई ढाँट्दै हिड्न थालेका छन् । हिजो पार्टी एक हुँदा त जनपक्षिय संविधान जारि गर्नसक्ने अवस्थामा आफै बाधक भएर संविधान आउन सकेन’ उनले भने -’आज पार्टी छियाछिया भइसकेको अवस्थामा आफ्नो धरातल विर्सेर जनपक्षिय संविधान बनाउछु भन्नु ढाँट कुरा हो ।’

प्रतिक्रियाहरु