काँक्रेबिहार सरोकार समितिद्वारा सिंहदरबार घेराउ

२०७० श्रावण १५ गते, मंगलवार

काठमाडौं,१५ साउन – सुर्खेतको काँक्रेबिहारमा बुद्धको मूर्ति स्थापना गर्नुपर्ने माग गर्दै संयुक्त सरोकार समितिले सिंहदरबार घेराउ गरेको छ ।
बिहान ९ बजेदेखि २ घण्टा भएको सिंहदरबार घेराउका कारण यातायात व्यवस्था प्रभावित भएको थियो ।काँक्रेबिहारमा बुद्धको मूर्ति स्थापना गर्न सरकारले रोक लगाएको विरोधमा काँक्रेबिहार संयुक्त सरोकार समितिले साउन ७ गतेदेखि दवावमूलक कार्यक्रम गर्दै आएको छ । मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले वार्ताबाट समाधान खोज्न सकिने भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरिसकेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु