साफ्टाको बैठक सुरु

२०७० श्रावण १५ गते, मंगलवार

काठमाण्डौं,१५ साउन । दक्षिण एसिया स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) को सहसचिवस्तरीय बैठक आजदेखि काठमाण्डौंमा सुरु भएको छ । बैठक तीन दिनसम्म बस्नेछ । बैठकमा सदस्य राष्ट्रहरुबीच संवेदनशील सूचीका वस्तु कम गर्ने र गैर भन्सार अवरोध हटाउनेबारे छलफल हुनेछ । संवेदनशील सूचीमा नेपालका हजार बस्तु छन् भने भारतका सय बस्तु छन् । अन्य मुलुकका पनि संवेदनशील सूचीका वस्तु धेरै रहेका छन् ।तीन दिनसम्मको छलफलबाट सार्क राष्ट्रबीचको व्यापार सहजीकरणका उपाय पहिचान गरी मन्त्रीस्तरीय बैठकमा सिफारिस गरिने छ । उक्त प्रस्तावलाई साफ्टा मन्त्रीस्तरीय बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु