संघिय समाजवादी पार्टी पनि आन्दोलीत

२०७० श्रावण १३ गते, आईतवार

काठमाडौ , १३ साउन – संघिय समाजवादी पार्टी चारदलीय संयन्त्र खारेजी तथा ११ बुंदे सहमती र २५ बुंदे बाधा अड्काउ फुकाउ आदेश खारेजीको माग गर्दै संघिय समाजवादी पार्टी आन्दोलनमा उत्रिएको छ । सरकारको हेरक काममा हस्तक्षेप गरेको र अरुलाई माइनस गर्ने गरि गठन गरिएको राजनीतिक संयन्त्र तत्काल खोजेर हुनु पर्ने भन्दै समाजवादी पार्टी आन्दोलन सुरु गरेको हो । आन्दोलनको पहिलो दिन पार्टीले आज राष्ट्रपति डा. रामवरण यादवलाई ज्ञापनपत्र बुझाउने भएको छ । दिउसो २ बजे पार्टी केन्द्रिय कार्यालय महाराजगन्जबाट जुलुसहित शितल निवास पुगी राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाउने उपमहासचिव अजम्बर राईले जानकारी दिनुभयो ।यस्तै आजै प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाउने कार्याक्रम रहेको उहाले बताउनुभयो । चारदलीय संयन्त्र खारेज गरी सर्वलीय राजनीतिक सम्मेलन गर्नुपर्ने, ११ बुंदे र ११ बुंदे सहमती र २५ बुंदे बाधा अड्काउ फुकाउ आदेश खारेजी लगायतका बिभिन्न माग राख्दै संघिय समाजवादी पार्टीले आजदेखि भर्दौ २ गतेसम्म बिभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु