यातायातमा हाकाहाकी घुस

२०७० श्रावण १२ गते, शनिबार

काठमाडौँ । यातायात व्यवस्था कार्यालयले सवारी अनुमतिपत्र बनाउने क्रममा हाकाहाकी घुस माग्ने गरेको पाइएको छ । बिगतमा नारायणी अन्चल यातायात कार्यालयका कर्मचारीहरुले मृतकलार्इर्र्लाइसेन्स दिएको प्रमाणित भएपछि २०७० बैशाख १२ गते निलम्बनमा परेका थिए । भक्तपुरमा तीन महिना अघि मृत्यु भएका व्यक्तिको नाममा कार्यालयबाट २०७० बैशाख ८ गते लाइसेन्स दिएको खुलेपछि नारायणी यातायातका कर्मचारीहरु तीन महिनाका लागि निलम्बनमा परेका थिए । कर्मचारीले पैसा पाएपछि व्यक्ति लिखित र प्रयोगात्मक परीक्षा नै नलिई लाइसेन्स दिएको र्सार्वजनिक भएपछि नारायणी यातायात कार्यालयका प्रमुख कृष्ण पाण्डे सरुवा मागेरै यातायात व्यवस्था विभागमा आइसकेका छन् । उनी हाल भौतिक पूवाधार तथा यातायात मन्त्रालयमा छन् । कुनै पनि समयमा फस्ने डरले पाण्डे फर्किएपछि नारायणी यातायातमा विभागबाट चन्द्र फुयाँल काजमा गएका छन् । शाखा अधिकृत हुँदा बागमती यातायातको लाइसेन्समा लामो समय कार्यरत फुयाँल यातायातका डनकै रुपमा कहलिएका हुन् । बढुवा भएपछि कोशी यातायातमा गएका उनी मोटरसाइकल इकाइ चापागाउँमा जान जोडबल गर्दैआएका थिए । मोटरसाइकलमा जान नसकेका फुयाँल विभागमा थिए । यसैबीच पाण्डेले नारायणी यातायात छोडेपछि उनलार्इर्र्के खोज्छस् काना आँखो जस्तै भएको छ । उनी घुसखोरीमा बद्नाम भएकाले नारायणी यातायात पाउँदा दंगदास छन् । उता, बागमती यातायातको साना ठूला सवारी इकाईका प्रमुख तुलसी गौतमले गाडीको कर तिर्ने, नवीकरण गर्नेलगायतका नयाँ गाडी दर्तामा दररेट नै राखी घुस असुलीलार्इर्र्तीव्रता दिइरहेको गुनासो सेवाग्राहीहरुको छ । गौतमले नयाँ गाडी दर्ता गर्दा न्यूनतम एक हजारदेखि पन्ध्र सय रुपैयाँसम्म घुस असुली गर्दै आएका छन् । बाषिर्क न्यूनतम २० हजारको संख्यामा गाडी दर्ता भए पनि रु. एक हजार रुपैयाँका दरले उठाउँदा नयाँ गाडी दर्ताको घुसमात्र कार्यालय प्रमुख गौतमले दुइ करोड रुपैयाँ घुस उठाउने गरेको आरोप छ । यातायात व्यवस्था विभागका महानिर्देशक सर्ुदर्शन ढकाललार्इर्र्बुझाउनुपर्छ भनेर गौतमले असुलीलार्इर्र्बढाएको सूत्रले बतायो । सहकारी विभागको महानिर्देशकका रुपमा निष्कलंक छवि बनाएर सहकारी तथा गरिबी निवारण मन्त्रालयमा केही समय बसी यातायात व्यवस्था विभागको महानिर्देशक भएका ढकालको बद्नाम गर्दै गौतमले असुली गर्दै आएको कुरा पीडितहरुबाट थाहा भएको छ । एमाओवादी नेता दीनानाथ शर्मा मन्त्री हुँदा उनका पीए बसेका गौतमले साना ठूला सवारीमा घुसखोरी मच्चाइरहँदा सँगैको घरमा कार्यालय भएको लाइसेन्सका केही कर्मचारी भने लाखौँलाख घुस खान नपाएर ‘हुलाक जस्तै भयो’ भन्दै गफ चुटेर बस्ने गरेका छन् । महानगरीय ट्राफिक महाशाखामा उपेन्द्रकान्त अर्याल डीआइजी भएर आएपछि लाइसेन्समा हुने अनियमितता रोक्न परीक्षा प्रणालीदेखि प्रयोगात्मक परीक्षाको सिस्टम नै परिवर्तन गरेका थिए । सिष्टम परिवर्तन गरी पारदर्शी बनाएपछि विदेशी लाइसेन्स नेपालीकरण गर्ने, ट्रायलमा फेल हुनेलार्इर्र्सात हजार रुपैयाँमा लाइसेन्स दिने धन्दामा केही कमी आएको थियो । लाइसेन्समा घुसखोरी अलिक मन्द भएपछि ‘हुलाक कार्यालय भयो’ भन्दै रुष्ट भएका यातायातका कर्मचारीहरुले डीआइजी अर्यालको सरुवा भई केशव अधिकारी आएपछि भोजभतेर नै आयोजना गरेको कर्मचारी सूत्रले बतायो । प्रहरीको लाइसेन्स प्रमुख भइसकेका डीआइजी अधिकारी घुसमा रमाउने हाकिम भएकाले उनी आएपछि लाइसेन्समा हुने गरेको कर्डाई हावा खाएको र अहिले यातायातका कर्मचारीले लाइसन्सको रेट नौ हजार तोकेर भोज गरेको बताइन्छ । यद्यपि पहिलाका डीआइजीले बसालेको सिस्टम हटाउँदा बदनाम हुने डरले अधिकारीले अहिलेसम्म खुलेआम लाइसेन्स बाँड्ने छुट भने दिन सकेका छैनन् । लाइसेन्सको कडाइ खुकुलो बनाएर दामखेती गर्न प्रहरीले चाहेर पनि सकिरहेका छैनन् । तर, यातायातका कर्मचारीको साँठगाँठमा दलालहरुले भने नौ हजार दर निर्धारण गरेर चाँडोभन्दा चाँडो लाइसेन्स उपलब्ध गराउने भन्दै दैनिक हजारौँ रुपैयाँ कमाई हुने बाटो खुला गरिरहेकै छन् । ट्रेड युनियनदेखि नेतासम्मलार्इर्र्अग्रिम कमिसन बुझाएर यातायातमा सरुवा भएका कर्मचारीहरु लाइसेन्समा घुसखोरीको दर बढेपछि तनावमुक्त भएका छन् ।

प्रतिक्रियाहरु