प्रचण्ड र बाबुराम भन्दा पूर्व दरबारिया राष्ट्रवादी :गौरब

२०७० श्रावण ११ गते, शुक्रबार

नवलपरासी, ११साउन – नवलपरासीको सुनवलमा भएको कार्यकर्ता भेट कार्यक्रममा नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेल गौरबले एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र बाबुराम भन्दा हिजोका दरबारियाहरु राष्ट्रवादी रहेको दावी गरेका छन् ।गौरबले काँग्रेस, एमाले, प्रचण्ड र बाबुराम भन्दा पूर्व दरबारियाहरु नै राष्ट्रवादी रहेको भन्दा नेकपा माओवादीलाई राजावादी भएको प्रचार गरिएकोमा आक्रोश व्यक्त गरे ।नेकपा माओवादीलाई राजावादी भन्नेहरु भारतीय दलाल भएको उपाध्यक्ष गौरबको भनाई छ ।
भारतीय बिस्तारवाद र साम्राज्यवादको इशारामा चारदलीय मोर्चा बनेको आरोप लगाउदै गौरबले सरकारले गरेको निर्वाचनमा माओवादी कुनै हालतमा नजाने स्पष्ट पारे । ‘बहुदलीय ब्यबस्था र लोकतन्त्रका माला जप्ने काग्रेस एमाले पनि बाबुराम–प्रचण्डहरुसंगै बहकिएका छन्’, गौरबले भने ।चुनावको बहिष्कार नै पहिलो एजेण्डा भएकाले त्यसमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । संबिधान सभाको दोस्रो निर्वाचनबाट जनप्रतिनिधिहरु नआएर दलालहरु छानिने भएकाले भण्डाफोर गर्नुपर्ने निर्देशन कार्यकर्तालाई दिएको जिल्ला इञ्चार्ज अशोक लम्सालले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु