चुनाब बिथोलेरै छोड्छौ : रणवीर

२०७० श्रावण १० गते, बिहीबार

दैलेख, १० साउन । नेकपा –माओवादीका केन्द्रिय सदस्य एवं भेरी कर्णाली राज्य समितिका सचिव भरत बम (रणविर)ले दैलेखको देवकोटा चौकमा आयोजित “संविधानसभा चुनाव औपचारिक चुनावी बहिष्कार” कोणसभालाई सम्बोधन गर्दै बम विष्फोट गराएरै भएपनि संविधान सभाको दोश्रो चुनावलाई बहिष्कार गर्ने बताएका छन् । संविधान सभाबाट संविधान बन्छ भन्ने पुर्वाधार तयार नगरिकन चारदलले विदेशी दलालको आशिर्वादमा संविधानसभाको दोश्रो चुनाव गर्न लागेको भन्दै देशलाई सिक्किमिकरण हुनबाट बचाउन बर्तमान सरकारले गर्न लागेको नौटंकी चुनावलाई कुनैपनि हालतमा विथोलेर छाड्ने चेतावनी दिएका छन् । “देशमा विदेशीको नाँगो नाच देखाएर सरकारी कर्मचारीको आडभरोषामा चुनाव गराउनु लोकतन्त्रकै उपहास हो” उनले भने ।नेपालका ठुला भनाउँदा ४ दलहरु पटक–पटक सरकारमा जाने र जनतालाई दुःख दिने बाहेक अरु केही काम नगरेकोले तानाशाही चार दललाई ठिक पार्न दैलेखी जनतालाई आग्रह गरे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु