जनजाति महासंघ आन्दोलनमा,आज बालुवाटारमा धर्ना

२०७० असार २६ गते, बुधबार


सुर्खेत, २६ असार । नेपाल आदीवासी जनजाती माहासंघ सुर्खेतको कार्केबिहारमा बुद्धको मुर्ती राख्न नदिए भन्दै आन्दोलनमा उत्रिएको छ । मंगलबारदेखि चरणबद्धरुपमा आन्दोलन थालेको माहासंघले आज बालुवाटारमा बिहान ९ देखि ११ बजे सम्म दुई घण्टा धर्ना दिदैंछ ।बुद्ध जयन्तीको अवसरमा सुर्खतको लाटीकोईली ८ स्थित काक्रेबिहारमा बुद्धको मुर्ती स्थापना गर्न खोज्दा स्थानिय प्रशासनले रोकेपछि बाध्य भई आफुहरु आन्दोलनमा उत्रेको आदीवासी जनजाती माहासंघका अध्यक्ष नरेन्द्र कुमालले बताए । महासंघको नेतृत्वमा रहेको टोलीले बालुवाटारमा आज र भोली बिहान दुई घण्टा धर्ना दिने र भोलि नै मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई भेट्ने कार्यक्रम रहेको भएपनि समय एकिन नभएको अध्यक्ष कुमालले बताए ।बुद्धको मुर्तीलाई २५ दिन भित्र स्थापना गरियोस भनि यस अघि मन्त्रिपरिषदका अध्यक्ष रेग्मीलाई ज्ञापन पत्र बुझाएको भएपनि त्यसको कुनै सुवाई नभए पछि बाध्य भई माहासंघ आन्दोलमा उत्रेको अध्यक्ष कुमालको भनाई छ । मुर्ती स्थापनाका क्रममा स्थानिय प्रसाशनले आफुहरुमाथि कुटपिट र दुव्र्यहार गरेकोप्रति आममाफी माग्नु पर्ने, बौद्ध धर्मालम्बीको आस्थाको केन्द्र गुम्बा,बिहार,चैत्य आदीको संरक्षण र त्यसमा सरकारी पक्षबाट कुनै हस्तक्षेप नगरिनु पर्ने लगाएतका माग गर्दै माहासंघ आन्दोलन गरिरहेको छ ।आन्दोलनमा नेपाल आदीबासी जनजाती माहासंघको नेर्तत्वमा नेपाल बौद्ध माहासंघ,राष्ट्रिय आदीबासी जनजाती महिला माहासंघ, अखिल भिक्षु माहासंघ , नेपाल परम्परागतबौद्ध धर्म संघ लगाएतका संस्थाहरु रहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु