भारतले नेपाललाई ७ सय ६४ वटा गाडी उपलब्ध गराउने

२०७० असार २५ गते, मंगलवार

काठमाडौं , २५ असार। मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी र भारतीय विदेशमन्त्री सलमान खुर्शिदवीच सिंहदरबारमा भेटवार्ता सम्पन्न भएको छ । भेटका अवसरमा भारत सरकारले नेपाललाई निर्वाचनको सहयोगार्थ ७ सय ६४ वटा सवारी साधन सहयोग गर्नेसम्बन्धी सम्झौतापत्रमा समेत हस्ताक्षर भएको छ ।
‘नेपालको सुरक्षा निकायलाई ७ सय १६ वटा र निर्वाचन आयोगलाई ४८ वटा सवारी साधन भारतले उपलब्ध गाउने सम्झौतामा हस्ताक्षर भएको छ ।’ ।सवारी साधन सहयोगसम्बन्धी सम्झौतापत्रमा भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद र नेपाल सरकारका तफृबाट अर्थसचिव शान्तराज सुवेदीले हस्ताक्षर गरेको बताइएको छ ।
अध्यक्ष रेग्मी, परराष्ट्र एवं गृहमन्त्री माधवप्रसाद घिमिरे, मन्त्रीहरु र भारतीय विदेश सचिव खुर्शिदको उपस्थितिमा सिंहदरबारमा सँम्झौतापत्रमा हस्ताक्षर भएको हो ।भेटका अवसरमा मन्त्रिपरिषद अध्यक्ष रेग्मीले नेपाल र भारतवीचको सम्बन्ध प्रगाढ रहेको बताउँदै विदेशमन्त्रीको भंमणले थप सम्बन्ध सुमधुर बनाउने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु