यार्सा प्रतिकिलो रु २८ लाख

२०७० असार २४ गते, सोमबार

रुकुम, २४ असार । यस वर्ष रुकुममा यार्सागुम्बा प्रतिकिलो रु २८ लाखमा बिक्री भएको छ ।वर्ष प्रतिकिलो रु २४ लाखमा बिकेको यार्सा यस वर्ष पाटनमै रु २८ लाखमा बिकेको स्थानीय व्यापारी हर्कबहादुर कामीले जानकारी दिe । सुरुमा रु १४ लाखमा कारोबार भए पनि सिजनको अन्त्यतिर प्रतिकिलो रु २८ लाखमा यार्सा बिक्रि भएको हो ।असार ४ गते खुला गरिएको यार्सा सङ्कलनको काम यस वर्षका लागि बन्द भइसकेको छ । राम्रो भनिएको एउटा यार्सा सात सयदेखि नौसय मूल्यमा कारोबार भएको यार्सा सङ्कलनमा सहभागीले बताएका छन् ।
यस वर्ष यार्सा सङ्कलन गर्न १० हजार सर्वसाधारण तथा १६७ जना व्यापारी जिल्लाको रन्मामैकोट गाविसमा पुगेका थिए ।गत वर्षको तुलनामा यार्सा पनि बढी भेटिएको सिजन व्यवस्थापन समितिले बताएको छ । समितिका सल्लाहकार धनिमान पुनका अनुसार झण्डै ९० किलो यार्साको कारोबार यस वर्ष भएको छ ।
रन्मामैकोट गाविसका विभिन्न ठाउँमा सङ्कलन गरिने यार्सागुम्बा सङ्कलन गर्ने व्यापारी र सङ्कलनकर्ताबाट सिजन व्यवस्थापन समितिले यस वर्ष झण्डै रु दुई करोड सङ्कलन गरेको जनाइएको छ ।रन्मामैकोट गाविसका पुपाल, पुर्वाङ, फूलबारी, पानीढाल, माजेला, नाउरे, नयाँ वनलगायतका ठाउँमा यार्सा पाइने गर्दछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु