जर्मनद्वारा पौने दुइ अर्ब सहयोग

२०७० असार ९ गते, आईतवार

काठमाडौँ । नेपालको ऊर्जा क्षमता तथा नवीकरणीय ऊर्जा कार्यक्रम कार्यान्वयन गर्न जर्मनीले नेपाललाई एक अर्ब ७५ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको हो । शुक्रबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा जर्मनीले सहयोग उपलब्ध गराउने सम्झौता गरेको छ । सम्झौतापत्रमा जर्मनी राजदूत फ्रयाङ्क माइकी र मन्त्रालयका सहसचिव मधुकुमार मरासिनीले हस्ताक्षर गरे । सम्भौतपछि राजदूत माइकीले नेपालको आर्थिक-सामाजिक विकासमा सहयोग गर्न जर्मन प्रतिबद्ध रहेको बताए । उनले संविधानसभाको निर्वाचनपछि द्विपक्षीय सहायता थप विस्तार हुने आश्वासनसमेत दिए । नेपालको आर्थिक विकास ऊर्जा क्षेत्रको विकासमा अडिएको बताउँदै उनले उर्जा क्षेत्रको विकासलाई जर्मनीले उच्च प्राथमिकता दिएको बताए । सहसचिव मरासिनीले जर्मन सहयोगको खुलेर प्रशंसा गरे । उनले नेपालको विकासमा जर्मनले थप सहयोग गर्ने अपेक्षासमेत व्यक्त गरे । सहयोग रकम ग्रामीण क्षेत्रमा सौर्य प्यानल एवं पानी नाप्ने पम्प जडान र त्रिशूली करिडरमा प्रसारण लाइन विस्तारलगायतका कार्यक्रममा खर्च गरिने छ । उक्त कार्यक्रम विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले संचालन गर्दै आएको छ

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार