वर्तमान संकटले नेपालमा आमूल परिवर्तनको माग गरेको छ – सीपी गजुरेल ‘गौरव’, उपाध्यक्ष, नेकपा-माओवादी

२०७० असार ८ गते, शनिबार

० सरकारले जबर्जस्ती चुनावको मिति घोषणा गरेको छ, के भन्नुहुन्छ –
हामीलगायतका ३३ दल, उपेन्द्र यादव नेतृत्वको आठ दल र संघीय समाजवादी दलले संयुक्तरूपमा पत्रकार सम्मेलन गरी अहिले निर्वाचनको वातावरण बनेको छैन, यस्तो परिस्थितिमा निर्वाचन हुन सक्दैन । वातावरण बनाएर मात्र निर्वाचनको मिति घोषणा गर्नुपर्छ भनेर भनेकै दिन निर्वाचनको मिति घोषणा भयो । यो दुभाग्यपूण कुरा हो । यो एउटा डिजाइनमा भएका खेल हो भन्ने यसले पुष्टि गरेको छ । अहिले हामी मात्र होइन, अधिकांश दलहरूले निर्वाचन हुन सक्दैन भनिरहेका छन् । हिजो मात्र एक कार्यक्रममा राजेश्वर देवाकोटाले यो निर्वाचन लेण्डुपदोर्जेहरूलाई वैधानिकता दिनेबाहेक यसको कुनै औचित्य नभएको टिप्पणी गरे । यस अवस्थामा हरेक देशभक्तहरूले निर्वाचनमा आफ्नो चासो देखाएका छन् । राष्यि स्वाधीनता गुमाउने र निरङ्कुशता लाद्न नै निर्वाचनको नौटंकी भइरहेको छ । यो निर्वाचन हुन सक्दैन ।
० जनयुद्ध, जनआन्दोलन र लोकतन्त्रको मूल्य, मान्यताविपरीत सरकार बनेको छ । तर, तपाईंहरूले निर्णायक आन्दोलन गर्नु सक्नु भएको छैन, किन ?
यो सरकारको गठनभन्दा अगाडि पनि हामीले विरोध गर्यौँ । हामीले विरोध गरेकै कारण असारमा निर्वाचन हुन नसकेको हो । यो निर्वाचन मंसिरमा समेत हुनेवाला छैन । यो सरकारको विरोध हामीले मात्र होइन, र्सवत्र भइरहेको छ । बार एसोसिएसन हाम्रो देशको लागि कालो दिन भनेर सरकार गठनको विरोध गरिरहेको छ । नागरिक समाजले विरोध गरेको छ । सरकारलाई कतिपय ठाउँमा बष्किार गरिरहेको स्थिति छ । वैचारिक र राजनीतिक रूपमा हामीले उठाएको एजेण्डा आमजनतासामु स्थापित भएको छ । यो हाम्रो सफलता हो । उनीहरूको ठूलो असफलता हो । तर, उनीहरू जबर्जस्ती गरेर अगाडि बढ्न चाहन्छन् भने त्यसको परिणाम राम्रो हुने छैन ।
० तर, निर्वाचनमा जाने विषयमा पार्टीीत्र मतभेद छ भनिन्छ नि ?
होइन, यो गलत कुरा हो । हाम्रो पार्टीीत्र अहिलेकै अवस्थामा निर्वाचनमा जानुपर्छ भन्ने पक्षमा एकजना कार्यकर्ता पनि छैनन् । अहिले हाम्रो पार्टीमा डेढ लाख सदस्य भएको महाधिवेशनमा थाहा भएको छ । हाम्रो पार्टीको डेढ लाख सदस्यहरूको एकजनाले पनि अहिलेको अवस्थामा निर्वाचनमा जानुपर्छ भनेका छैनन् । हाम्रो पार्टीीत्र पनि निर्वाचन जानुपर्छ र पर्दैन भन्ने पक्ष र विपक्ष छन् भन्ने जुन हल्ला फिँजाएको छ, त्यो वाहियात हो ।
० पार्टीले जनयुद्धको जगमा जनव्रि्रोहको कार्यदिशा लिएको छ, अहिले जनव्रि्रोहको लागि उपयुक्त अवसर आएको जस्तो लाग्छ ?
अहिले जुन प्रकारको राजनीतिक संकट नेपालमा छ, यस्तो संकट सायद विगतमा आएको थिएन । अहिलेका प्रतिक्रियावादी बेगरै अहिलेको राजनीतिक संकट समाधान गर्न पर्ूण्ातः असफल भएका छन् । उनीहरूले आफैँले मानेको संविधान खारेज गर्नुसरह हो । आफैँले बनाएको संविधान आफैँले खारेज गर्न उनीहरू बाध्य भएका छन् । यो प्रकारको संकट पहिले कहिल्यै आएको थिएन । त्यसकारण यो संकटले नेपालको आमूल परिवर्तनले मात्र गरेको छ । त्यो माग पूरा भए मात्र यो संकटको समाधान हुन सक्छ । जतिसुकै संकट आए पनि सत्ता आफैँ त ढल्दैन । सत्ताधारीहरू आफैँ छोडेर त भाग्दैनन् । त्यसको निम्ति एउटा धक्का आवश्यक हुन्छ । जस्तोसुकै संकट भए पनि एउटा धक्का आवश्यक हुन्छ । त्यसैले हामीले जनव्रि्रोह भनेको हो । एक पटक जनताले आन्दोलन उठाएर ठूलो धक्का सिर्जना नगरी यो ढल्नेवाला छैन । अहिले यो ढल्नको निम्ति तयार हुँदै गएको छ, ढल्नै लागेको छ । तर, इतिहासको नियम के हो भने एउटा धक्का दिनु आवश्यक छ । त्योबिना यो ढल्दैन । त्यसैले एउटा ठूलो आन्दोलनको आँधीबेहरी नआई यो नढल्ने भएकोले हामीले जनव्रि्रोहको वातावरण अनुकूल छ भन्ने हामीलाई लागेको छ ।
० तपाईंहरूले जनयुद्ध र जनआन्दोलनको उपलब्धिमाथि घात भयो भनेर पार्टी पुनर्गठन गर्नुभयो, पार्टी पुनर्गठन भएको वर्षदिन पनि नाघिसकेको छ, योबीचमा के-के गर्नुभयो त ?
सबैभन्दा मुख्य कुरा पार्टी पुनर्गठन नै हो । किनभने कुनै पनि देशमा आमूल परिवर्तन गर्नुको निम्ति पहिले सही सिद्धान्त, सही राजनीति, सही विचार भएको राजनीतिक पार्टी अनिवार्य र्सत हो । यो र्सत पूरा नभई जनता जतिसुकै आक्रोशित भए पनि, त्यो व्यवस्था जनताबीच जतिसुकै अलोकप्रिय भए पनि, राजनीतिक संकट जति चरम् अवस्थामा पुगे पनि परिवर्तन हुन सक्दैन । यस कारण सही सैद्धान्तिक, राजनीतिक, वैचारिक आधारमा खडा भएको क्रन्तिकारी पार्टी निर्माण अनिवार्य र्सत हो, यो हामीले पूरा गरेका छौँ । अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि यही हो । अहिले नेपालका घटनाक्रमहरूलाई हामीले हाम्रै ढङ्गले विश्लेषण गरेका छौँ र आमजनतालाई त्यही किसिमले सुसूचित गर्ने काम पनि गरिरहेका छौँ । अहिले हेर्नुस् यदि ११ बुँदे सहमति, २५ बुँदे बाधा अड्काउ र खिलराज रेग्मी सरकारको विषयमा हामी अगाडि नआएको भए, निर्वाचन असार मै हुन्थ्यो, जनताले जतिसुकै नमाने पनि एउटा संविधान फालिन्थ्यो । कसैले दिएको संविधानलाई नेपालमा उल्था गरेर यही संविधान भनेर जारी गरिन्थ्यो । कमसेकम हामी यति रोक्न सफल भएका छौँ । हामीले अहिलेसम्म जनतामाझ जे भन्दै आएका थियौँ, त्यो कुराहरू पुष्टि हुँदै गएको छ । त्यसैले हामीभन्दा धेरै टाढा भएका शक्तिहरू अहिले हाम्रो मित्रशक्ति भएका छन्, हामीसँग मोर्चाबद्ध भएर अगाडि बढ्न तयार भएका छन् । यो एउटा ठूलो उपलब्धि हो । कमसेकम हामीले राष्घाती र निरङ्कुशतावादीहरूलाई सहज ढङ्गले उनीहरूको योजना लागू हुन दिएका छैनौँ ।
० संकट समाधानको लागि भन्दै तपाईंहरूले गोलमेच सभाको कुरा उठाउनुभएको थियो, त्यो त बीचैमा तुहिएको जस्तो देखियो नि? के भन्नुहुन्छ ?
हामीले गोलमेच सभा राख्यौँ, कार्यक्रमहरू आयोजना पनि गर्यौँ । सबै दलहरू पनि सहभागी भए । यो गोलमेच सभा राम्रो रहेछ पनि भने तर त्यो गोलमेचसभा डाक्ने तिनीहरूले साहस नै गर्न सकेनन् । गोलमेच बोलाइयो भने उनीहरूको एजेण्डाले हार खाने भयो, त्यसकारण उनीहरू गोलमेच सभासँग भागे । त्यही गोलमेचबाट भागेर उनीहरूले संविधानको २५ वटा धाराहरू खारेज गरे र जनतासमक्ष नाङ्गनि पुगे । जे भए पनि हाम्रो एजेण्डामा जनतामा स्थापित भएको छ, हामी त्यसैमा सन्तुष्ट छौँ ।
० तपाईंको पार्टी सरकारले वार्तामा बोलाउँदा पनि वार्तामा गएको छैन, अनि निकास कसरी निस्कन्छ त –
यो सरकार आफैँ अवैधानिक तरिकाले बनेको निर्दलीय र कर्मचारीहरूको सरकार हो । यो सरकार एउटा नियोजित षड्यन्त्रमा, नियोजित काम गर्न बनेको सरकार भएकोले वार्तामा नबसेका हौँ । पहिलो त यो सरकार के आधारमा बन्यो, त्यो आधारलाई नै परिवर्तन नगरी यो सरकारसँग वार्ता गर्नुको कुनै औचित्य छैन ।
० देशको पश्चिमी भेग बाढी पीडितबाट आघात बनेको छ, त्यसतर्फपार्टीले के सोचेको छ ?
हामी जनताले पाएको दुःखलाई क्यास गरेर फाइदा उठाउने पक्षमा छैनौँ । हाम्रो पार्टीसक्रिय रूपले स्थलगत रूपमा जनतालाई राहत दिने काममा जुटेको छ । यो दुःखद् घटना घटेको छ । हामीले जनतालाई तुरुन्त राहत दिन माग गरेका छौँ । मुख्य रूपमा हाम्रो पार्टीीथलगतरूपमै जनतालाई राहत र सहयोग पुर्याउन सक्रियरूपमा खटेको छ । तर, यो निर्दलीय सरकारले प्राकृतिक प्रकोपबाट आहात भएका जनतालाई उचित राहत दिइराखेको छैन । हामी तुरुन्त उचित राहत निवतरण गर्न सरकारसमक्ष माग गरिरहेका छौँ ।
० अब अन्त्यमा आमनेपाली जनतालाई के अपिल गर्न चाहनुहुन्छ ?
अहिले जुन निर्वाचनको घोषणा गरिएको छ, यो वास्तवमा नेपालको राष्यि स्वाधीनतालाई अपहरण गर्ने कामलाई स्वीकृति लिनु र देशलाई निरङ्कुशतातिर र निर्दलीयतातिर फर्काउन रचिएको कसरत हो । असंवैधानिक र अलोकतान्त्रिक कामलाई वैधानिकता दिन निर्वाचनको नौटंकी हुँदैछ । त्यसकारण यो निर्वाचनलाई विविध किसिमले असफल बनाएको निम्ति हामी सबै आ-आफ्नो ठाउँबाट उभिन जरुरी छ । हुन त यो निर्वाचन हुनेवाला छैन, तर जनताले समयमै सचेत भएर यथास्थितिमा हुने निर्वाचनलाई पूरै असहयोग गरेर असफल बनाउनु आवश्यक छ । म पार्टीको तर्फवाट आमजनतालाई यही अपिल गर्न चाहन्छु ।

प्रतिक्रियाहरु