किसान चुस्दै चिनी मिल

२०७० असार ८ गते, शनिबार

काठमाडौँ । नवलपरासीका उखु किसानले चिनी उद्योगबाट उखु बिक्रीबापतको भुक्तानी पाउन सकेका छैनन् । नयाँ उखु उत्पादन हुने समयमा किसानले बिक्री भएको उखुको पैसा नपाउँदा घर खर्च चलाउन पनि समस्या परेको उनीहरुले बताएका छन् । जिल्लाका तीनवटा उखु मिलबाट किसानले ३० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको गुठी प्रसौनीका रामकिसन कलावरले बताए । इन्द्रा सुगर, लुम्बिनी चिनी कारखाना र बाग्मती खाँडसारी मिलले किसानलाई भुक्तानी नदिएको हो । उखु उत्पादक संघको रोहवरमा किसानलाई भुक्तानी दिने भने पनि सोअनुसार काम नहँुदा किसानलाई समस्या परेको छ । नवलपरासी उखु उत्पादनको हिसाबले नेपालको दोस्रो जिल्लामा पर्छ । लामो समय मूल्यमा विवाद गर्ने मिल सञ्चालकहरुले मूल्य समायोजन हँदासमेत भुक्तानी नदिँदा किसान निराश भएका हुन् । विवाह व्रतबन्ध, खेतीपाती र घरायशी खर्च चलाउनसमेत उखुको भुक्तानी नहुदा ऋणमा डुब्न परेको कुडियाका रियाज अन्सारीले बताए । उखुको भुक्तानीका लागि जिल्ला प्रशासनमा गुहार मार्दासमेत केही नहँदा किसानमा झन् निराशा छाएको छ । मिल सञ्चालकहरुलाई किसानको भुक्तानीका लागि बोलाउँदासमेत नआएकाले समस्या समाधान हुन नपाएको प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए । सबैभन्दा धेरै बागमती खाँडसारीले किसानलाई भुक्तानी दिन बाँकी छ । किसानको भुक्तानीका लागि मिल सञ्चालकहरुलाई प्रशासनले बोलाउँदासमेत अटेर गरेकाले अब किसान आन्दोलनको विकल्प नरहेको अन्सारीले बताए । सिडिओलाई त टेरेनन् अब कसरी हामीले भुक्तानी पाउँछौँ- उनले भने ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार