माओवादीद्वारा निर्वाचन आयोगको निमन्त्रणा अस्विकार

२०७० असार ६ गते, बिहीबार

काठमाडौं, असार ६ – निर्वाचन आयोगले संविधानसभाको निर्वाचन तालिका सार्वजनिक गरेसगै राजनीतिक दलहरुसित परामर्श थालेको छ । निर्वाचन आयोगले आयोगको कार्यालयमा दलहरुलाई बोलाएर परामर्श थालेको हो । परामर्शमा एमाले अध्यक्ष झलनाथ खनाल, कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, एमाओवादीका महासचिव पोष्टबहादुर बोगटी र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का रामेश्वर राय यादव सहभागी थिए ।त्यसैगरी चुनाव बहिस्कारको घोषणा गरेका अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी नेपालका उपाध्यक्ष रिजवन अन्सारी र उपेन्द्र यादव नेतृत्वका मधेसी जनअधिकार फोरमका प्रतिनिधि सहभागी थिए भने नेकपा- माओवादी भने निमन्त्रणा गरिएपनि उपस्थित नरहेको आयोगले जनाएको छ ।
आयोगले यही असारदेखि लागू हुने गरी अर्को संविधानसभाको निर्वाचन सम्पन्न गर्न कार्यतालिका पारित गरेको छ । आगामी मंसिर ४ गते हुने घोषित चुनावी मितिलाई लिएर कार्यतालिका निर्माण गरेको हो । आयोगले कार्यतालिकालाई केन्द्रविन्दुमा राखेर उसको प्रगति विवरण दलहरुसमक्ष पेश गरेको छ ।आयोगले साउन तेस्रो सातासम्ममा निर्वाचन प्रयोजनका लागि राजनैतिक दल दर्ताको अन्तिम निर्णय र मतदान केन्द्र निर्धारण गर्ने आयोगका प्रवक्ता बीरबहादुर राईले विज्ञप्तिमा जनाएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु