इराकमा बम विष्फोट

२०७० जेष्ठ २८ गते, मंगलवार

बग्दाद, २८ जेठ । इराकका विभिन्न क्षेत्रमा भएका बम हमलामा कम्तीमा ७० जनाको मृत्यु भएको छ ।अधिकारीहरुका अनुसार हिजो दयालह राज्यको शिया मुस्लिमहरुको बाहुल्यता रहेको एक तरकारी थोक बजारमा दुईवटा कार बम बिष्फोटबाट हमला सुरु भएको थियो । उक्त घटनामा कम्तिमा १३ जनाको मृत्यु भएको थियो भने ५० जना घाईते भएका थिए ।
त्यसलगत्तै सुन्नी समुदायको बाहुल्यता रहेको मोसुलमा सुरक्षाकर्मी बसेको एक क्याम्प नजिकै भएको बिष्फोटमा अरु २४ जना मारिएका थिए ।
त्यसैगरी करकोक, ताजी र तकरयतलगायतका क्षेत्रमा पनि लगातार बम बिष्फोटका घटना भएको त्यहाँका अधिकारीहरुले बताएका छन् । ती घटनामा कम्तीमा ३३ जनाको मत्यु भएको थियो । घटना बिहान देखि साँझसम्म लगातार भैरहेको समाचार एजेन्सी एएफपीले जनाएको छ ।धेरै जसो बिष्फोट, मस्जिद, तरकारी बजार लगायत सर्वसाधारणको उपस्थीति रहने ठाउँमा गराईएका थिए । घटनापछि कतिपय इलाकामा कफ्र्यु पनि लगाईएको छ ।

प्रतिक्रियाहरु