बत्तीमन्त्री निवास अन्धकार पारिदै

२०७० जेष्ठ २६ गते, आईतवार

काठमाडौं, २६ जेठ । माथिल्लो त्रिशुली ३ ए आयोजनाको क्षमता विस्तार गर्ने नेपाल विद्युत प्राधिकरणको निर्णयको विरोधमा रहेको प्राधिकरणका कर्मजारीले आजदेखि उर्जामन्त्री उमाकान्त झाको पुल्चोकस्थित निवासमा बत्ती काट्ने भएका छन् ।
उनीहरुले आज बिहान ११ बजेदखि दिउँसो १ बजेसम्म विद्युत काट्ने भएका हुन् । आजदेखि ३ दिनसम्म मन्त्रीको निवासमा सो समयमा बत्ती काट्ने आन्दोलनरत एक कर्मचारीले जानकारी दिएका छन् । उर्जामन्त्री झाको अध्यक्षतामा प्राधिकरण सञ्चालक समितिले लागत र समयावधी बढ्ने गरी आयोजनाको क्षमता विस्तार गर्ने निर्णय गरेपछि कर्मचारी आन्दोलित भएका हुन् ।
उनीहरुले आजै प्राधिकरणको प्रधान कार्यालयमा पनि बत्ती काट्नुका साथै देशभरका कार्यालयमा कामकाज ठप्प पार्ने कार्यक्रम पनि रहेको छ । प्राधिकरणको कार्यालयमा बिहान साढे १० देखि साढे २ बजेसम्म बत्ती काट्ने र बिहान १० देखि ५ बजेसम्म देशभरका कार्यलयका सम्पूर्ण कामकाज ठप्प पार्ने बताएका हुन् ।

प्रतिक्रियाहरु