राजस्व सङ्कलन वृद्धि दर ३७.८८ प्रतिशत

२०७० जेष्ठ २५ गते, शनिबार

काठमाडौँ । चालु आवको वैशाखमा कर राजस्वबापत रू १९ अर्ब ९९ करोड ८२ लाख र गैरकरतर्फतीन अर्ब ९८ करोड ५१ लाख गरी रू २३ अर्ब ९८ करोड ३३ लाख सङ्कलन भएको छ । अर्थमन्त्रालयमा आयोजित बैठकमा गत आवको समीक्षा अवधिमा रू १७ अर्ब ९८ करोड ३४ लाख राजस्व सङ्कलन भएकामा चालु आवमा प्रगति भएको जनाइएको छ । गत आवको वैशाख महिनासम्म रू. ३३ अर्ब ९० करोड ३४ लाख राजस्व सङ्कलन भएकामा यस महिनासम्म रू ४६ अर्ब ७४ करोड ५१ लाख सङ्कलन भई राजस्व सङ्कलन वृद्धि दर ३७.८८ प्रतिशत रहेको छ ।
त्यस्तै गत वर्षवैशाखसम्ममा मूल्य अभिवृद्धि कर रू ५८ अर्ब ४० करोड छ लाख सङ्कलन भएकामा यस वर्षो सोही अवधिमा रू ६७ अर्ब ८७ करोड ९३ लाख सङ्कलन भई वृद्धि दर १६.२३ प्रतिशत भएको छ । यसैगरी अन्तःशुल्कतर्फआवको वैशाखसम्म रू २३ अर्ब ९६ करोड १८ लाख सङ्कलन भएकामा यस आवको सोही अवधिमा रू २९ अर्ब सात करोड पाँच लाख सङ्कलन भई वृद्धिदर २१.२३ प्रतिशत रहेको छ । आयकरतर्फगत आवको वैशाख महिनासम्ममा रू ३९ अर्ब १७ करोड ८४ लाख सङ्कलन भएकामा चालु आवको सोही महिनासम्ममा रू ५१ अर्ब ९५ करोड ६९ लाख सङ्कलन भई वृद्धिदर ३२.६२ प्रतिशत रहेको छ । त्यसैगरी गत आवको माघ महिनासम्ममा रजिस्टे्रसन दस्तुर र सवारी साधन कर रू छ अर्ब ४८ करोड सङ्कलन भएकामा चालु आवको सोही महिनासम्ममा रू सात अर्ब ९६ करोड सङ्कलन भएको छ । बैठकमा अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले चालु आवको राजस्व सङ्कलनको लक्ष्य प्राप्तिका लागि सबै विभाग र कार्यालयले कार्ययोजनाअनुसार परिचालित हुने विषयमा जोड दिँदै राजस्व चुहावट नियन्त्रणका लागि राजस्व अनुसन्धान विभागको संरचनात्मक सुधार गर्नका लागि आगामी आवको बजेट तयारीमा जुट्न र राजस्वको सही प्रक्षेपण गर्न निर्देशन दिएका थिए ।
मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार डा चिरञ्जीवी नेपालले समयमा बजेट नआएको अवस्थामा पनि राजस्व सङ्कलन उत्साहजनक रूपमा बढ्नु सकारात्मक भए तापनि यसको वृद्धिदर दिगो हुनेमा आशङ्का व्यक्त गर्दै राजस्व वृद्धिदर दिगो बनाउनेतर्फध्यानाकर्षा गराए । अर्थसचिव शान्तराज सुवेदीले राजस्व सङ्कलन सन्तोषजनक भए तापनि आन्तरिक राजस्वतर्फो सङ्कलन उत्साहजनक नभएकाले भ्याट र अन्तःशुल्कको सङ्कलनमा सुधार ल्याउन आन्तरिक राजस्व, भन्सार र राजस्व अनुसन्धान विभागलाई संयुक्त रूपमा राजस्व चुहावटका क्षेत्रको पहिचान गरी अभियानका रूपमा कारबाही थाल्न निर्देशन दिए । राजस्व व्यवस्थापन महाशाखाका सहसचिव राजन खनालले समग्र कर प्रशासनमा गरिएको सुधार प्रक्रया, आयातमा भएको वृद्धि, मूल्याङ्कन प्रणालीलाई वैज्ञानिक बनाउने प्रयास, कर छलीविरूद्धका अभियान, कार्य स्पादनमा आधारित प्रोत्साहन प्रणालीको प्रयोग, करदाता शिक्षा र कर चेतनामा करदाता सेवा कार्यालयको स्थापनालगायत कार्यक्रमले राजस्व परिचालनमा सकारात्मक प्रभाव परेको बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु