सिइओको श्रीमती ठगीको आरोपमा पक्राउ

२०७० जेष्ठ २३ गते, बिहीबार

काठमाडौं २३ जेष्ठ । किष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवालीकी श्रीमती गौरी खनाल बैंकीङ कसुरमा पक्राउ परेकी छिन् । नेपाल राष्ट्र बैकको अनुसन्धानले सिद्धार्थ विकास बैकबाट १३ करोड ऋण लिँदा अनुचित रूपमा बैंकलाई नोक्सान पुर्याएको देखाएपछि बुधबार साँझ प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले ज्ञवालीलाई महाराजगन्जबाट पक्राउ गरेको समाचार आजको नागरिक दैनिकमा समाचार छ ।प्रहरीले गौरीलाई महानगरीय प्रहरी प्रभाग सिंहदरबारको हिरासतमा राखिएको छ । अनुसन्धान स्रोतका अनुसार सिद्धार्थका सेयरहोल्डर समेत रहेका कमलले आफ्नो नाममा बैंकबाट ऋण निकाल्दा समस्या हुनेभएपछि व्यक्तिगत प्रभावमा कमसल जग्गा धितो राखेर पत्नीको नाममा ऋण निकालेको अनुसन्धान स्रोतले जनाएको छ।
राष्ट्रबैंकको प्रतिवेदनमा कमलबारे उल्लेख नभएकोले उनलाई पक्राउ नगरिएको स्रोतको भनाइ छ। सिद्धार्थ विकास बैंकबाट गौरीले निकालेको १३ करोड रुपैँया ऋणको अनुसन्धान क्रममा जग्गाको वास्तविक मूल्य लुकाएर मूल्याङ्कनमा बढी मूल्य कायम गरि बद्नियत राखेको देखिएको छ ।अनुसन्धानमा बैंकीङ कसुर तथा सजाय ऐन २०६४ अनुसार बद्नियदपूर्ण काम गरेको बैंकको निश्कर्षका आधारमा प्रहरीले अनुसन्धान गर्न गौरीलाई पक्राउ गरेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार