माओवादी मजदुर हड्तालमा

२०७० जेष्ठ २३ गते, बिहीबार

काठमाडौ, २३ जेठ । नेकपा–माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले विहिवार र शुक्रवार दुई दिन देशभर रहेका उद्योग कलकारखाना तथा व्यवसाय बन्द आह्वान गरेको छ । मजदुरको न्यूनतम तलब वृद्धि गरेर १५ हजार रुपैयाँ पु¥याउनुपर्ने माग गर्दै ट्रेड युनियनले दुई दिने उद्योग बन्दको घोषणा गरेको हो । महंगी बढ्दै गएकोले मजदुरहरुलाई बाँच्ने वातावरण उद्योगीहरुले बनाउनुपर्ने महासंघका संयोजक रामदीप आचार्यले बताए । उद्योगहरु धारासायी हुनुमा मजदुरहरु हात नभएको भन्दै उहाले नेपालमा सम्भावित अध्ययन गरी उद्योग खोल्नु पर्ने र दक्ष मजदुरहरु राख्ने उद्योगीहरुको जिम्मेवारी भएको बताए। दुई दिने उद्योग हड्तालबाट पनि मजदुरहरुको मागप्रति सरकार र सरोकारवालाले वेवास्ता गरे अनिश्चितकालका लागि उद्योग बन्द गरिने महासंघले चेतावनी दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु