न्युनतम १५ हजार तलव बनाउन पाँच दिने अल्टिमेटम

२०७० जेष्ठ १८ गते, शनिबार


काठमाडौँ, अखिल नेपाल क्रान्तिकारी टे्रड यूनियन महासंघले मजदुरहरुको न्युनतम तलव १५ हजार नपुर्‍याए पाँच दिनपछि देशभरका उद्योग-कलकारखाना बन्द गर्ने चेतावनी दिएको छ । केही टे्रड यूनियनहरुसँग निर्दलीय सरकारले गरेको सम्झौता अनुरुप ८ हजार न्युनतम तलव कायम गरिएकोप्रति गम्भीर आपत्ति जनाउँदै महासंघका संयोजक रामदिप आचार्यले सो सम्झौतालाई खारेज गरेर पाँच दिनभित्र न्युनतम तलव १५ हजार बनाउन जोडदार माग गरेका छन् । गत चैत्र ११ गते नै मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मीलाई न्युनतम तलव बृद्धिलगायतका २५ बुँदे अधिकारपत्र महासंघले बुझाएको थियो । लाखौं मजदुरहरुको आस्थाको धरोहर हाम्रो संगठनको मागलाई बेवास्ता गरी मजदुर्रवर्गबाट अलग्गिसकेका केही टे्रड यूनियनहरुसँग मिलेर गरिएको सहमति हामीलाई कुनै हालतमा मान्य हुँदैन,’ संयोजक आचार्यले आप\mनै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भने ।
उनले आप\mनो संगठन नेपाली मजदूर वर्गको हक, अधिकार र मुक्तिको लागि संर्घष्ारत रहेको २५ बुँदे अधिकारपत्र लागु नहुन्जेलसम्म निरन्तर संर्घष्ामा रहने प्रतिवद्धता व्यक्त गरे । यसअघि पनि महासंघले सोही अधिकारपत्रको विषयलाई उठाएर दर्ुइमहिना लाल-मजदुर राष्ट्रिय जागरण अभियान पनि थालिसकेको छ । अभियान जेठ महिनाभरी चल्ने महासंघले जनाएको छ ।
‘हाम्रो जायज सवाललाई संबोधन नगरिएपछि जेठ १ गते एक हप्ते अल्टिमेटम सहितको संर्घष्ाका कार्यक्रमहरु घोषणा गरेका थियौ र हाम्रो सकारात्मक प्रयासलाई कमजोरी ठानेर हाम्रो मुद्दाको सुनुवाई गरिएन,’ आचार्यद्धारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ, ‘बरु संर्घष्ाबाट अलग भई सकेका केही ट्रेड यूनियनहरु सँग सम्झौताको नाटक गरेर मजदूरको जीवन चल्नै नसक्ने अवस्थामा रु. ८ हजार न्यूनतम तलब कायम गरिएको छ, यो सम्झौता मजदूरहरुको हित बिपरित छ, यर्सथ हाम्रो संगठनलाई कुनैपनि हालतमा यो सम्झौता मान्य नहुने यसै विज्ञप्तिमार्फ स्पष्ट गर्न चाहन्छौ ।’ न्युनतम तलव मासिक रु १५ हजार र दैनिक ज्याला रु.७०० कायम गरियोस भन्ने आफूहरुको अडान यथावत रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार