२० बर्ष पुराना गाडी सञ्चालनमा रोक

२०७० जेष्ठ १७ गते, शुक्रबार

काठमाडौं , सरकारले २० बर्षभन्दा पुराना गाडी सञ्चालनमा रोक लगाउने भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले त्यस्ता गाडी पाँच बर्षपछि कवाडीसरह मात्रै किनबेच गर्न पाउने प्रावधानसहितको प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ ।मन्त्रालय र सरोकारवाला निकायबीच पटक पटक भएको छलफल पछि २० बर्षभन्दा पुराना गाडी पूर्ण रुपमा विस्थापित गर्ने सहमति भएको हो । मन्त्रालयसम्बद्ध अधिकारकिा अनुसार २० बर्षअगाडिका गाडी अब पाँच बर्षभन्दा बढी कुनै पनि सर्तमा चल्न पाउने छैनन् । सरकारले २०५८ मा २० बर्ष पुराना गाडी बागमती अञ्चलबाट विस्थापित गर्ने निर्णय गरेपछि औपचारिक किनबेचसमेत बन्द भएको छ ।
वायु प्रदूषणको प्रमुख कारकका रुपमा रहेका त्यस्ता गाडी अन्तिमपटक नामसारी गर्न सरकारले तीन महिनाको समय दिने भएको अन्नपूर्ण पोष्टमा खबर छ । ‘एक पटक नामसारी गरेपछि ती गाडी फेरि किनबेच हुँदैन्,’ मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले भने ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु