स्वरोजगार कोषको रकम वितरण स्थगन

२०७० जेष्ठ १० गते, शुक्रबार

काठमाडौं , युवा स्वरोजगार कोषको रकम ‘चरम दुरुपयोग’ स्विकार्दै सरकारले गरेको छ । पारदर्शी र व्यवस्थित कार्यविधि तयार नहुन्जेल कोषको ऋण प्रवाह रोक्न अर्थ मन्त्रालयले कोषलाई निर्देशन दिएको छ। स्वरोजगार कोषले यसै साता दोस्रो किस्ताबापत ६० करोड रुपैयाँ विभिन्न सहकारीलाई दिँदै थियो । अर्थले कोषलाई अर्को व्यवस्था नहुन्जेल भुक्तानी नगर्न भनेको छ । ‘तत्काललाई कार्यक्रम स्थगन गरिएको हो । पारदर्शी रुपमा ऋण लगानी गर्ने कार्यविधि तयार भएपछि चालु हुन्छ,’ स्रोतले भन्यो, ‘राम्रो उद्देश्यले कार्यक्रम आए पनि वास्तविक बेरोजगार लाभान्वित नभएकाले स्थगन गरिएको हो ।’ स्रोतका अनुसार कोषबाट प्रवाह भएको रकम सम्बन्धित सहकारीले दुरुपयोग गरेको भेटिएको थियो । ‘दलनिकटका सहकारी संस्था खोल्ने र ती सहकारी संस्थालाई रकम दिएर कर्मचारी पोस्ने काम गरेको पाइएको छ,’ स्रोतले भन्यो, ‘स्वरोजगार बनाउने रकम कार्यकर्ता पोस्न दिनुहुँदैन भनेर रोक्न खोजिएको हो ।’
बेरोजगार युवालाई बिनाधितो ऋण दिएर स्वरोजगार बनाउने उद्देश्यले कार्यक्रम ल्याइए पनि यसबाट सत्ताधारी दलका कार्यकर्तामात्र पोसिँदै आएका थिए । पाँच वर्षअघि बाबुराम भट्टराईले अर्थमन्त्री हुँदा ल्याएको कार्यक्रमको रकम दुरुपयोग भएको भन्दै व्यापक आलोचना हुँदै आएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु