स्वरोजगार कोषमा भ्रष्टहरूको जगजगी

२०७० जेष्ठ ४ गते, शनिबार

काठमाडौँ । युवा तथा साना व्यवसायी स्वरोजगार कोष यतिबेला भ्रष्टहरूको लुटको थलो बनेको स्रोतले बताएको छ । स्वरोजगार कोषमा चरम् आर्थिक अनियमितता भएको महालेखाको प्रतिवेदनले पनि प्रस्ट पारिसकेको छ । स्वरोजगार कोषमा यसरी चरम् अनियमितता हुनुमा कोषका कार्यकारी निर्देशक विनोदकुमार गुरागाईंको कार्यशैली नै प्रमुख कारक भएको स्रोतको दाबी छ । कार्यकारी निर्देशक विनोदकुमार गुरागाईंकै कार्य अक्षमताका कारण अहिले स्वरोजगार कोषको करोडौँ रूपैयाँ डुब्ने स्थितिमा पुगेको छ । कार्यकारी निर्देशक गुरागाईं आर्थिक प्रलोभनमा परी समस्याग्रस्त फाइनान्स र सहकारीलाई लगानी गर्न लागिपरेपछि यस्तो स्थिति आइपरेको स्रोतको दाबी छ । स्वरोजगार कोष यतिबेला फर्जी कागजात खडा गरी रकम कुम्ल्याउने थलोको रूपमा प्रयोग हुँदै आएको स्रोतको दाबी छ ।
स्वरोजगार कोष यतिबेला केही राजनीतिक दलका कार्यकर्ता र कोषकै उच्च पदस्थ कर्मचारीहरूको निजी संस्था भएको छ । कोषबाट र्सवसाधारणले सुविधा पाउनु भनेको आकाशको फल सावित भएको छ । युवा तथा साना व्यवसायीलाई टेवा पुर्याउँदै स्वरोजगार सिर्जना गर्ने उद्देश्यले स्थापना भएको कोष अहिले कोषकै पदाधिकारीका कारण लथालिङ्ग र भताभुङ्ग स्थितिमा पुगेको सम्बद्ध कर्मचारीहरूले स्वीकारेका छन् । स्वरोजगार कोषका उच्च पदस्थ कर्मचारी र पदाधिकारीहरूका कारण नै कोष धराशयी बन्न लागेको कोषका कर्मचारीहरू गुनासो पोख्छन् । कोषको यो दर्ुगति हुनुमा कोषका कार्यकारी निर्देशक गुरागाईं प्रमुख जिम्मेवार भएको उनीहरूको बुझाई छ । कोषमा काम पारदर्शी ढङ्गले अगाडि बढाउन नसक्नु, राजनीतिक नेता तथा कार्यकर्ताको निर्देशनमा कागजीरूपमा खडा गरिएको संस्थाहरूमा कोषको लगानी लगाई कोषलाई धराशयी बनाउने कोषका उपाध्यक्ष पुण्य रेग्मी र कार्यकारी निर्देशक विनोदकुमार गुरागाईं नै प्रमुख दोषी छन् भन्दै कोष सम्बद्ध कर्मचारीहरूले तुरुन्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोषमा छापामारी कागजात नियन्त्रणमा लिई छानबिन थाल्नुपर्ने धारणा राखेका छन् ।
यसैबीच, स्वरोजगार कोषमा व्यापक आर्थिक अनियमितता भएको समाचारहरू प्रकाशमा आउन थालेपछि कार्यकारी निर्देशक विनोदकुमार गुरागाईं आफ्नो कर्तुत लुकाउन लागिपरेको स्रोतले बताएको छ । स्रोतका अनुसार अहिले कार्यकारी निर्देशक गुरागाईं अनुगमनका लागि भन्दै जिल्ला दौडाहामा जाने र आफ्नो कर्तुत लुकाउन सम्बद्ध पक्षहरुलाई सजग गराउँदैछन् । हुन त आफू एमाओवादीकै मान्छे भएको र अख्तियार प्रमुख लोकमानसिंह कार्की पनि एमाआवादीकै व्यक्ति भएकोले त्यति धेरै असजिलो नहोला भन्दै तैपनि आफूहरूले सक्दो श्रेस्ताचाहिँ मिलाउनु नै बुद्धिमानी हुने भन्दै गुरागाईं सम्बद्ध कर्मचारी र संस्थाहरूलाई आफ्नो अनियमितता लुकाइदिन घुमाउरो पाराले लागिपरेको स्रोतको दाबी छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार