आँखुखोलाको विजुली जेठ १५ देखि

२०७० जेष्ठ ४ गते, शनिबार

काठमाडौँ । यही जेठ १५ गतेदेखि धादिङको आँखुखोला जलविद्युत आयोजनाबाट नियमित विद्युत् उत्पादनको तयारी भएको छ । ८.४ मेगावाट क्षमताको यस आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको निर्माण पक्षले जानकारी दिएको छ । अबको केही दिनमै विद्युत् उत्पादन शुरु गरिने आँखुखोला जलविद्युत् कम्पनीका कार्यकारी निर्देशक विश्वनाथ कँडेलले जानकारी दिए । जेठ १५ गतेभित्र नियमित उत्पादन शुरु गर्ने लक्ष्यका साथ काम अघि बढेको उनले बताए । धादिङको सल्यानकोट गाविसमा २०६६ मंसिर ६ गतेदेखि निर्माण शुरु गरिएको आयोजना १ अर्ब ७५ करोड रूपैयाँको लागतमा निर्माण भएको हो । आयोजनाले सुख्खायाममा समेत विद्युत् उत्पादन कम हुन नदिन दैनिक ६ घण्टा विद्युत् उत्पादन गर्न पुग्ने पानी जम्मा गर्न साढे दुइ किलोमिटर लामो र एक किलोमिटर फराकिलो ताल निर्माण गरेको छ । आयोजनाको विद्युत् प्रशारणका लागि १४ किलोमिटर प्रशारण लाइन निर्माण गरी धादिङबेशीमा सवस्टेशन निर्माण भइसकेको छ । आयोजनामा धादिङका ६६ जनासहित दर्ुइ सय एक जनाको शेयर लगानी रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु