एसएलसीको परीक्षाफल पत्रिकामा प्रकाशन नहुने

२०७० बैशाख २८ गते, शनिबार


काठमाडौँ । । यस वर्षेखि एसएलसीको परीक्षाफल पत्रिकामा प्रकाशन नहुने भएको छ । पत्रिकामा परीक्षाफल प्रकाशनको काम प्रभावकारी नभएको भन्दै परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बन्द गर्न लागेको हो । परीक्षाफल इन्टरनेटमा राख्दा केही क्षणमै सबै विद्यार्थीले आ-आफ्नो नतिजा थाहा पाउने पनिकाको निष्कर्षछ । विगतदेखि गोरखापत्र र अन्य पत्रिकामा पनिकाले एलएलसीको परीक्षाफल प्रकाशन गर्दै आएको थियो । अब परीक्षाफल र्सार्वजनिक भएको सूचना मात्र पत्रिकामा प्रकाशन गरिने भएको छ । पनिकाका उपनियन्त्रक प्रल्हाद अर्यालले सूचनाप्रविधिको बढ्दो प्रयोगसँगै पत्रिकामा परीक्षाफल प्रकाशन गर्दा प्रभावकारी हुने नभएकाले बन्द गरिएको जनाएका छन् । उनले इन्टरनेटबाट परीक्षाफल प्रकाशन हुँदा उतिबेलै नम्बरसहित विद्यार्थीले नतिजा पाउने भएका कारण पत्रिकामा परीक्षाफल प्रकाशन गर्ने नगर्ने बराबर भएको बताए । पनिकाले बर्सेनि गोरखापत्र र अन्य पत्रिकामा एलएलसीको परीक्षाफल प्रकाशनका लागि ३५ लाख खर्चगर्ने गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार