कलाकारहरूले नदी सफाइ अभियान थाल्ने

२०७० बैशाख २८ गते, शनिबार


काठमाडौँ । बागमती नदी प्रदूषित भई काठमाडौँको जनजीवनमा नकारात्मक असर पारिरहेको तथ्यलाई ध्यानमा राख्दै फिल्मी कलाकारहरूले नदी सफाइ अभियान थाल्ने भएको छ । नेपाली सिनेमाका प्रतिष्ठित कलाकार एवं नेपाली विज्ञापनकर्मी तथा मोडलहरूबीच आगामी जेठ ४ गते मैत्रीपर्ूण्ा फुटलब प्रतियोगिताबाट सङ्कलन हुने रकम नदी सफाइमा खर्च गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपाल विज्ञापन संघ र नेपाल चलचित्र कलाकार संघको आयोजनामा भएको पत्रकार सम्मेलनमा कलाकार संघका अध्यक्ष नवल खड्काले बागमती नदी प्रदूषित भई काठमाडौँको जनजीवन, राष्ट्रिय सम्पदा, सँस्कृति र पहिचानमा नकारात्मक असर परिरहेको सर्न्दर्भमा बागमती सफाइका लागि जनचेतना अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । ‘मुकुण्डो भिडन्त’ नाम दिइएको उक्त मैत्रीपर्ूण्ा फुटबल प्रतियोगिता सम्पन्न भएको भोलिपल्ट बिहान ८ बजे गुहेश्वरीदेखि सिनामङ्गल पुलसम्म नेपाल विज्ञापन संघ र नेपाल चलचित्र कलाकार संघको अगुवाइमा बागमती नदी, पशुपति र गुहेश्वरी परिसर सफाइ गर्ने नेपाल विज्ञापन संघका अध्यक्ष राजकुमार भट्टर्राईले जानकारी दिए । सफाइ अभियानमा नेपाल सरकार, सहरी विकास मन्त्रालय, एकीकृत अधिकार सम्पन्न बागमती सभ्यता विकास समिति, पशुपति क्षेत्र विकास कोष, काठमाडौँ महानगरपालिकाको सहयोग तथा गायत्री परिवार हरिद्वार भारतको प्राविधिक सहयोग रहेन जनाइएको छ । गायत्री परिवारको तर्फाट नेपाल र भारतका २७५ जना नदी सफाइ कार्यमा अनुभव प्राप्त व्यक्तिहरू यस कार्यमा संलग्न हुने र तिनीहरू आफैँले फोहर व्यवस्थापन र जनचेतना फैलाउने कार्य गर्ने गायत्री परिवारका डा. राजु अधिकारीले जानकारी दिए । उनका अनुसार परिवारले भारतको नर्मदा, ताप्ती, वनास, सिवना, गङ्गा, डोही, मन्दाकिनी र गोम्ती नदी तथा पुष्कर, अयोध्या, नैमित्यारण्य, रामेश्वरम््, जगनाथपुरी, धर्मस्थला र हरिद्वारलगायतको तर्ीथस्थलको सफाइ गरिसकेको छ । बागमती नदी सरसफाइका लागि १५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्रर्ााट्रय संघसंस्थाहरू लागि परे पनि नदी सफाइ कार्यलाई निरन्तरता दिन नसकेकाले यो अभियान थालिएको चलचित्र कलाकार संघका अध्यक्ष खड्काले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार