मल किन्न लालपुजा अनिवार्य

२०७० बैशाख २८ गते, शनिबार


काठमाडौँ । कृषि सामग्री संस्थान इलामले सहकारी संस्थामा पहुँच नभएका र सेयर सदस्य नभएका किसानलाई लक्षित गर्दै संस्थानले मल खरिद गर्न आउने किसानका लागि जग्गाको पर्ुजा वा नागरिकता अनिवार्य गरेको छ । सहकारीमा पहुँच नपुग्ने किसानले पनि रासायनिक मलको प्रयोग गरी कृषि उत्पादनमा वृद्धि गर्ने उद्देश्यले संस्थानले किसानलाई गुणस्तरीय रासायनिक मल उपलब्ध गराउँदै आएको छ । जिल्लास्तरीय रासायनिक मल आपर्ूर्ति व्यवस्था समितिको हालै बसेको बैठकले रासायनिक मल खरिदका लागि नागरिकता वा पर्ुजा अनिवार्य गरेको हो । संस्थानले ४०० टन युरिया, ५० टन पोटास र ८० टन डिएपी मल बिक्री गर्ने लक्ष्य राखेको संस्थानका लेखापाल तथा स्टोरकिपर जीतबहादुर र्राईले बताए । संस्थानले जिल्लामा सञ्चालित सहकारी संस्थालाई गतवर्षउनीहरूको कारोबारको आधारमा रासायनिक मल वितरण गर्दै आएको छ । जिल्लामा ४८ गाउँ विकास समिति र एक नगरपालिकामध्ये २४ वटा गाविसका ३१ वटा सहकारी संस्थाले मात्र संस्थानबाट मल खरिद गर्छन् । एउटा सहकारीलाई दर्ुइ टनदेखि १५ टनसम्म मल उपलब्ध गराइन्छ । केही सहकारी संस्थाले आफ्ना सेयर सदस्यबाहेक अन्य किसानलाई मल उपलब्ध गराउँदैनन् । त्यस्ता सहकारी संस्था भएका आसपासका किसानलाई समेत सहुलियतमा मल वितरण गर्न समितिले नागरिकता वा जग्गा धनीपुजा अनिवार्य गरेको हो, र्राई भन्नुहुन्छ । यसो भएपछि जिल्लाभरका किसानले सहुलियतमा मल पाउन थालेका छन् । धनीपुजा वा नागरिकतामध्ये एउटा प्रमाण लिएर आउने किसानलाई कृषि सामग्री संस्थानले अधिकतम् दुइ-दुइ बोराका दरले रसायनिक मल बिक्री गर्दै आएको छ । संस्थानले युरिया प्रतिबोरा एक हजार १४, डिएपी प्रतिबोरा दुइ हजार तीन सय ६४ र पोटास प्रतिबोरा रु. एक हजार ६६४ मा बिक्री गर्छ । एक बोरामा ५० किलो मल हुन्छ । बजारमा पाइने खुला मलभन्दा संस्थानबाट बिक्री हुने मल गुणस्तरीय हुने र्राईको दाबी छ । किसानले विशेषगरी चिया, आलु, तरकारी र खाद्यान्न बालीमा लगाउन रासायनिक मल खरिद गर्छन् । जिल्लाको पर्ूर्वी क्षेत्रमा व्यवसायिक खेती गर्न किसान धेरै भएकाले पूवक्षेत्रमा मल बढी बिक्री हुन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार